Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • दोश्रो वेगनास कप सुरु, खेल क्षेत्रले आर्थिक विकासमा सहयोग पुग्नेः सांसद कोइराला

दोश्रो वेगनास कप सुरु, खेल क्षेत्रले आर्थिक विकासमा सहयोग पुग्नेः सांसद कोइराला

दोश्रो वेगनास कप सुरु, खेल क्षेत्रले आर्थिक विकासमा सहयोग पुग्नेः सांसद कोइराला

लेखनाथ, १० फागुन । विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ महाशिवरात्रीको अवसरमा पोखरा ३१ वेगनासताल किनारमा शनिवार देखि दोश्रो बेगनास खुला सेभेन ए साईड फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा वेगनास समूह बि ले टाई बेकरमा ओसियन जिम लाई ३ का विरुद्ध ४ गोल पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।

त्यस्तै अर्को खेलमा ईन्द्रेणी एफ सि समूह बि ले शान्तिदिप बि लाई १ का विरुद्ध २ गोलले हराउदा शिशुवा एफ सि ले दिव्यज्योती युवा क्लवलाई २ १ को अन्तरमा पाखा लगाउदै अर्को चरणमा प्रवेश गरेका हुन्।

बेगनास युवा क्लवको आयोजना तथा स्थानिय विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा सुरु भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद एवम् अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले खेल क्षेत्रको विकासले समग्र देशको आर्थिक क्षेत्रको विकास हुने भन्दै खेलकुदले भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए । खेल क्षेत्रले सम्बन्धित स्थानको पर्यटन प्रवद्र्धनको विकास गर्नुका साथै स्थानको पनि पहिचान हुने बताए ।

यसै गरी पोखरा महानगरपालिका वडा नं.३१ का वडा अध्यक्ष कमल बहादुर थापा, ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रांगत बराल, लेखनाथ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा, बेगनासताल पोखरा यातायात प्रालिका संस्थापक अध्यक्ष एवम् वेगनास युवा क्लबका पूर्व अध्यक्ष कृष्ण प्रसाद ढुंगाना लगायतले मानिसको जीवनमा खेलको महत्वका वारेमा बोलेका थिए ।

वेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभाटले स्वागत गर्दै वेगनास युवा क्लबले गरेका सामाजिक कार्यका वारेमा जानकारी गराउँदै कार्यक्रममाथि प्रकाश पारेका थिए । क्लबका उपाध्यक्ष निराजन बरालले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम संचालन सचिन रानाभाटले गरेका थिए ।

प्रतियोगितामा आईतवार ६ वटा खेल हुने टिम संयोजक सुरेन्द्र पुनले जानकारी दिए। ३२ समुहको सहभागीता रहेको प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका