Samacharpati
बुधबार, जेष्ठ १४, २०७७
  • होमपेज
  • पर्वतको रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजना शुरु

पर्वतको रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजना शुरु

पर्वतको रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजना शुरु

पर्वत, १० फागुन । पर्वतको विहादी गाउँपालिका– ३ रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण शुरु भएको छ । रु दुई करोड ५० लाखको लागत अनुमान रहेको सो आयोजनाको शुक्रबारदेखि निर्माण शुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले रु साढे दुई करोड बजेट विनियोजन गरेको जनाइएको छ । विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले यहाँका बासिन्दा अब खानेपानीको समस्याबाट मुक्त हुने र समयमै काम सम्पन्न गराउनको लागि स्थानीयवासीसमेत क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

खानेपानीको विद्युत् महशुल गाउँकार्यपालिकाबाटै भुक्तानी हुने गरी व्यवस्था मिलाउने तयारी गरेको जनाइएको छ । रानीपानीको भाटीचौर, साउथर, कुमालगाउँ, पस्यारलगायतका ठाउँका १५० भन्दा बढी बासिन्दा आयोजनाबाट लाभान्वित हुने वडा नं ३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिनुभयो ।

आयोजनाको काम शुरु भएसँगै स्थानीयवासी निकै हर्षित भएका छन् । रानीपानीमा अर्को बृहत् अरेबा लिफ्ट खानेपानी आयोजनाको कामसमेत शुरु हुँदैछ । यी दुई खानेपानी आयोजना सञ्चालन भएपछि वर्षौंदेखिको खानेपानीको समस्या बाट पूर्ण मुक्त हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका