Samacharpati
बुधबार, चैत्र १९, २०७६
  • होमपेज
  • नेउवा महासंघ गण्डकीको समर्थन ढकाललाई

नेउवा महासंघ गण्डकीको समर्थन ढकाललाई

नेउवा महासंघ गण्डकीको समर्थन ढकाललाई

पोखरा, ९ फागुन । नेपाल उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशले आसन्न महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको रुपमा चन्द्र ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ ।

महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाको अध्यक्षतामा बसेको बैठकले बागलुङका ढकाललाई सर्वसम्मत रुपले वरिष्ठ उपाध्यक्षमा सघाउँने निर्णय गरेको हो ।

बागलुङको बलेवामा जन्मेर सानै उमेरमा व्यावसायीक सफलता हाँसिल गरेका ढकाल गण्डकी प्रदेशका सफल व्यवसायी हुन् भन्ने महासंघ गण्डकीको ठहर रहेको छ ।

महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाका अनुसार गण्डकी प्रदेशको नेतृत्व गरेर महासंघको उच्च तहमा पुग्न सक्ने सम्भावना भएका ढकालालाई सघाउँदा समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुन मद्दत पुग्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका