Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • गीतकार प्रतिमा गुरुङको ”बिस्तारै बिस्तारै”मा चिरन्जीवी र जेबिकाको रोमान्स भिडियो सहित

गीतकार प्रतिमा गुरुङको ”बिस्तारै बिस्तारै”मा चिरन्जीवी र जेबिकाको रोमान्स भिडियो सहित

काठमाडौँ, ८ फागुन ।  गीतकार समाजसेवी प्रतिमा गुरुङको शब्दमा ‘बिस्तारै बिस्तारै’ नयाँ गीतको भिडियो’सार्वजनिक गीतकार समाजसेवी प्रतिमा गुरुङुको शब्द रचना रहेको गायक संगीतकार चिरन्जीवी भण्डारीुको संगीतमा चर्चित गायिका मेलिना राई र गायक चिरन्जीवी’ स्वयमले गाएको प्रेम गीत (बिस्तारै बिस्तारै तिमी मेरी हुनु) गीतको भिडियो सार्वजनिक भएको छ।

गीतको भिडियोमा प्रेमि र प्रेमीकाका समधुर सम्बन्धलाई देखाएको छ भन्छिन गीतकार प्रतिमा गुरुङ। प्रतिमा गुरुङ परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई अत्यधिक माया गर्ने गीतकार तथा समाजसेवी हुन् ।

गीतकार प्रतिमा गुरुङुको केहि समय पहिला (आमा ओ मेरी आमा) गीत चर्चामा रहेको थियो। अहिले सार्वजनिक भएको (बिस्तारै बिस्तारै)गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् भने’ उत्सव दाहालको छायांकनु बिष्णु खड्काुको भिडियो सम्पादन रहेको छ ।

भिडियोमा गायक संगीतकार चिरन्जीवी भण्डारी र जेबिका कार्कीको रोमान्टिक अभिनय रहेको छ । गीतको भिडियोलाई गायक चिरन्जीवीुको आफ्नै युट्युब च्यानलमा हेर्न सकिन्छ। केहि समय पहिला प्रतिमा गुरुङको रचनामा बजारमा आएको गीत (आमा ओ मेरी आमा) गीत बिन्ध्यबासीनी म्युजिक अवार्डमा गीतकार तर्फ सर्बोत्कृष्ट टप ५ मा परेको थियो ।

गीतकार प्रतिमा गुरुङ भन्छिन मैले केहि समय पहिला संसारका प्रत्येक आमालाई समर्पण गर्दै ‘आमा ओ मेरी आमा’ बोलको गीतको भिडियो बजारमा ल्याएँ भने, अहिले सच्चा प्रेमी र प्रेमिका हरुलाई डेडीकेट गर्दै यो प्रेम गीत ‘बिस्तारै बिस्तारै’ गीतको भिडियो बजारमा ल्याएकी हुँ । मेरा गजल, लोक, आधुनिक गीतहरु पनि क्रमश बजारमा आउने क्रममा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका