Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • प्राविधिक शिक्षाको पहल गर्दै प्रदेश सरकारः मन्त्री वस्नेत

प्राविधिक शिक्षाको पहल गर्दै प्रदेश सरकारः मन्त्री वस्नेत

न्यू ग्यालेक्सी माविको रजत जयन्ती

प्राविधिक शिक्षाको पहल गर्दै प्रदेश सरकारः मन्त्री वस्नेत

पोखरा, ८ फागुन । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेतले प्राविधिक शिक्षाका लागि प्रदेश सरकारले पहल गरेको बताएका छन् ।

न्यू ग्यालेक्सी माविको रजत जयन्ती तथा अभिभावक दिवसको अवसरमा वौल्दै मन्त्री वस्तेतले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको पहल गरिएको बताएका हुन् ।

‘हामीका दक्ष जनशक्तिको आवश्यकता छ तर परिपूर्ति गर्न सकेका छैनौ’ वस्नेतले भने, ‘कुन क्षेत्रमा दक्ष जनशक्तिको खाँचो छ त्यहि पहिचान गरि प्राविधिक शिक्षाको विकास गर्न जरुरी रहेको छ ।’

गण्डकी प्रदेशलाई समृद्ध बनाउनका लागि प्रदेश सरकारले पर्यटन, उर्जा, कृषि, उद्योग र शिक्षामा लगानि बढाएको उनले जानकारी दिए ।

निजि विद्यालयले शिक्षा क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण भएको बताउँदै उनले निजि विद्यालयसँग सहकार्य र संवाद गरि प्रदेशलाई तिव्रताका साथ विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उल्लेख गरे ।

उनले विद्यार्थीको रुची र चाहान अनुरुप काम गर्न सकेमा अवश्य सफल भईने उल्लेख गरे । न्यू ग्यालेक्सी विद्यालयले शैक्षिक क्षेत्रको गुणस्तरमा अहम भूमिका खेलेको भन्दै प्रशंशा व्यक्त गरे ।

कार्यक्रममा गण्डकी विश्व विद्यलयका कुलपति प्रा.डा.गणेशमान गुरुङले उच्च शिक्षालाई राजिनितिबाट मुक्त बनाउनका लागि प्रदेश सरकारले खेलेको भूमिको प्रशंशा गरे ।

शिक्षा विकास समन्वय इकाई समितिका प्रमुख नारायणप्रसाद सुवेदीले अव्बल विद्यार्थीलाई नेपालमानै पढ्ने बतावरण सृजना गर्न सवै लागि पर्नु पर्ने बताए ।

कार्यक्रममा भर्खर नियुक्त भएका गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङलाई रजत जयन्तीको अवसरमा सम्मान गरिएको थियो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.एलियाम जोन, विद्यालयका संरक्षक डा.राधेश्याम कायस्थ, विद्यालयका प्रिन्सीपल डा.रामजी शर्माले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । सो अवसरमा विद्यालयले रजत जयन्तीको अवसरमा प्रकाश गरेको स्मारीकाको समेत विमोचन गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा २५ वर्ष र १० वर्ष सम्म काम गरेका कर्मचारीलाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयका प्रथम प्रिन्सिपल, प्रथम शिक्षक विद्यालय व्यवस्थाप समितिका सदस्य, विद्यालयबाट उत्र्तीण गरि उच्च तहमा पुगेका पूर्व विद्यार्थी, विद्यालयका खेलाडी, विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थी, एसइइ र दश जोड दईमा उत्कृष्ट भएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशकी सांसद तथा अभिभावक सावित्री राना, विद्यालयका प्रिन्सिपल डा. रामाजी शर्मा, खेल शिक्षक क्या. वीरबहादुर गुरुङ लगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष डा. एलियामा जोनको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १२ कि विद्यार्थी शिषम श्रेष्ठले स्वागत र शिक्षकद्धय धनप्रसाद श्रेष्ठ र अनुराग अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा विद्यालयका विद्यार्थीले विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । रजत वर्षको अवसरमा विद्यालयले यो वर्ष विविध कार्यक्रमको आयोजना गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका