Samacharpati
बुधबार, चैत्र १९, २०७६
  • होमपेज
  • गायत्री सामुदायिक सिकाई केन्द्रको विभिन्न कार्यक्रम सम्पन्न

गायत्री सामुदायिक सिकाई केन्द्रको विभिन्न कार्यक्रम सम्पन्न

शिशिर, पोखरा, ७ फागुन । गायत्री वहुउद्घेश्यीय सामुदायिक सिकाई केन्द्रको आयोजनामा आधारभुत तहमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । शिक्षा मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्रवाट स्विकृत प्राप्त उक्त केन्द्रले पोखरा महानगरपालिका वडा नं. १९ भित्रका विभिन्न ९ वटा सामुदायिक विद्यालयका विद्यार्थी विच हाजिरी जवाफ, नेपाली तथा अँगे्रजी भाषामा हस्तलेखन र हिसाव दौड कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक वैकुण्ठ पौडेलले जानकारी दिनुभयो ।

हाजिरी जवाफमा शिवेश्वरी मा.विको समुह प्रथम, भारतीभवन मा.वि द्वितीय र अकला प्रा.वि तृतीय, हिसाव दौडमा भुमेश्वर आधारभुत विद्यालयका हिमानी पौडेल प्रथम, विन्ध्येश्वरी मा.विका कौशिक आचार्य द्वितीय, र धारा आधारभुत विद्यालयका विपिन देवकोटा तृतीय भएका छन ।

त्यस्तै नेपाली हस्तलेखनमा भारतीभवन मा.विका अमृता वि.क प्रथम, धारा आधारभुत विद्यालयका कुशल वास्तोला द्वितीय, भुमेश्वर आधारभुत विद्यालयका प्रकृति आचार्य तृतीय,तथा अँग्रेजी हस्तलेखनमा अकलाका सोनु तामाङ प्रथम, भारतीभवनका रञ्जीता नेपाली द्वितीय, र महेन्द्र मा.विका रेविका सारु मगर तृतीय भएका छन् ।

उत्कृष्ट विद्यार्थीलाई पोखरा महानगर शिक्षा महाशाखाका अधिकृत वसन्तराज पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल, पुर्व श्रोत व्यक्ति लेखनाथ लामिछाने र संयोजक वैकुण्ठ पौडेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । केन्द्रले अनौपचारिक शिक्षा अन्र्तगत निरन्तर शिक्षा कक्षा संचालन गर्दै आईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका