Samacharpati
साेमबार, चैत्र १७, २०७६

हालको खबर

  • होमपेज
  • फेवा टेलिभिजनको प्रमुख कार्यकारी अधिकृतमा माधव पनेरु नियुक्त

फेवा टेलिभिजनको प्रमुख कार्यकारी अधिकृतमा माधव पनेरु नियुक्त

फेवा टेलिभिजनको प्रमुख कार्यकारी अधिकृतमा माधव पनेरु नियुक्त

फागुन ७, पोखरा । फेवा टेलिभिजन लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पोखरामा क्रियाशिल पत्रकार माधव पनेरु नियुक्त हुनुभएको छ ।

पोखरेली पत्रकारितामा एक दशक भन्दा धेरै लामो समयदेखी क्रियाशिल पत्रकार पनेरुलाई मंगलबार बसेको संचालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत ( सिईओ) मा नियुक्त गरेको टेलिभिजनका प्रबन्ध निर्देशक लिला बहादुर जिसीले जानकारी दिनुभयो । सुचना सम्प्रेषण तथा नयाँ जानकारीहरुको प्रवाह मार्फत सामाजिक सचेतिकरणमा टेलिभिजनको प्रभावलाई थप विश्वासिलो र नयाँ उचाईमा पुर्याउने सिईयो पनेरुले बताउनुभएको छ ।

यसैबिच मंगलबार बसेको संचालक समिति बैठकले छत्रधर आत्रेयलाई संचालक समिति सदस्यमा चयन गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशारण हुने फेवा टेलिभिजन यसक्षेत्रको लोकप्रिय टेलिभिजनका रुपमा स्थापित भैरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका