Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • लालीगुराँस शान्तिटोलमा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न

लालीगुराँस शान्तिटोलमा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न

लालीगुराँस शान्तिटोलमा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न

पोखरा, ६ फागुन । पोखरा १२ लालीगुराँस शान्ति टोलमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।  लालाीगुँरास शान्तिटोल विकास संस्था र लालिगुँरास शान्तिटोल आमा समूहको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा लालीगुँरास टोलवासीहरु जम्मा १०५ जनाले निशुल्क स्वास्थ्य परिक्षण सेवा लिएका थिए ।

निशुल्क स्वास्थ्य परिक्षण अन्र्तगत व्लड प्रेसर, तापक्रम, तौल, सुगर, कोलस्टोर, युरीक एसिड जस्ता रोगहरुको निशुल्क परिक्षण गरिएको टोल विकास संस्थाका अध्यक्ष श्री रुद्र न्यौपानेले जानकारी दिए । निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई पोखरा १३ मियापाटन स्थित अन्नपुर्ण क्लिनिकल प्रा.लि. को सहयोग प्रदान गरेको थियो भने वल्र्ड युथ इन्टरनेशनल अष्ट्रेलियाका रजिष्टार नर्सहरुले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

लालिगुँरास शान्ति टोलको चौरमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य आमा समूह अध्यक्ष श्री शुसीला खनालले राख्नुभएको थियो भने कार्यक्रमको संचालन टोल विकास संस्थाका सचिव श्री होमनाथ निरौलाले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका