Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • कृष्णबहादुर महराले अदालतबाट पाए सफाइ, कारागारभित्रै भयाे भव्य विदाइ !

कृष्णबहादुर महराले अदालतबाट पाए सफाइ, कारागारभित्रै भयाे भव्य विदाइ !

कृष्णबहादुर महराले अदालतबाट पाए सफाइ, कारागारभित्रै भयाे भव्य विदाइ !

 काठमान्डाैँ, ६ फागुन । जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा १८ कात्तिकमै जिल्ला अदालतबाट सफाइ पाउनेमा निवर्तमान सभामुख कृष्णबहादुर महरा ढुक्क देखिन्थे ।

आफूले प्रहरी र अदालतमा दिएको बयानलाई पुष्टि गर्दै पीडित भनिएकी महिलाले आफूमाथि कुनै किसिमको दुर्व्यवहार नभएको बकपत्र गरेकाले छुट्ने उनको आशा थियो । तर, महराले सोचे जस्तो भएन ।

बयान, तत्काल प्राप्त क्लोज सर्किट (सीसी) क्यामरा फुटेज लगायतका आधारमा महरालाई कसूरदार होइन भनेर भन्न नसकिने न्यायाधीश सुदर्शनराज पाण्डेले ठहर गरे । महरा पुर्पक्षका लागि कारागार चलान भए ।

जिल्लाको आदेशविरुद्ध मंसिर पहिलो साता उनी उच्च अदालत पनि गए । यो पटक पक्कै छुट्छु भन्दै उनले डिल्लीबजार कारागारको ‘क–१’ ब्लकका केही साथीसँग खुशी साटे । तर, त्यो खुशी पनि धेरैवेर टिक्न पाएन ।

अदालतबाट दुई पटक निराशा हात पारेका महरा आइतबार अन्तिम फैसलाका लागि जिल्ला अदालत, बबरमहल उपस्थित भए । यो पटक उनको मुहारमा त्यति उत्साह देखिँदैनथ्यो । उनी थकित लाग्थे । अदालतको ब्रेकमा बाहिर निस्किएका वेला अनौपचारिक कुराकानीमा उनी भन्थे, ‘अब कारागार नै घर जस्तो भइसक्यो ।’

न्यायाधीश अम्बरराज पौडेलले आइतबार साँझ उनको मुद्दा हेर्दाहेदैमा राखिदिएपछि नछुट्न सक्ने आशंका झनै बढ्यो । महरासँगै बसेका एक कैदीबन्दी भन्छन्, ‘हिजो पनि मुद्दा पेन्डिङमा जाँदा उहाँ त्यति होपफुल हुनुहुन्न थियो ।’

तर सोमबार दिउँसो पौडेलले जब अभियोग दाबी नपुग्ने आदेश गरिदिए, तब प्रफुल्लित मुद्रामा हात हल्लाउँदै महरा बाहिरिए ।

अदालतबाट निस्किँद कुनै प्रतिक्रिया नदिएका उनी प्रहरी भ्यानको अन्तिममा बसेर डिल्लीबजार कारागार पुगे । त्यतिवेलासम्म कारागार प्रशासनका सुरक्षा अधिकारीले महराको मुद्दामा सफाइको आदेश आएको सबै कैदीबन्दीलाई सुनाइसकेका थिए । कारागारमा प्रवेश गर्ने वित्तिकै उनको विदाइ सुरु भयो ।

 

महरा कारागारभित्र प्रवेश गर्ने वित्तिकै ब्लक ‘क’ को १ नं. हलमा प्रवेश गरेका थिए, जहाँ सुडान घोटाला प्रकरणमा दोषी ठहरिएका अवकाश प्राप्त प्रहरी महानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरी, जन्मदैन सजाय काटिरहेका सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालासहित ५० कैदीबन्दी थिए ।

महरा छुटेको सन्देश पाएलगत्तै उनीहरुले खादाको व्यवस्था गरिसकेका थिए । ‘एउटै हलमा बसेकाले कैदीबन्दीबीच एक किसिमको आत्मियता हुँदोरहेछ’, कारागारका जेलर अरुण पोखरेल भन्छन्, ‘त्यसैले कारागारका जो कोही छुट्दा विदाइ गर्ने प्रचलन हुन्छ ।’

तर डिल्लीबजार कारागार प्रशासनको नेतृत्वमा दुई वर्षे जिम्मेवारीको अनुभवका संगालेको आधारमा महराको रिहाइमा यसअघिभन्दा फरक र भव्य विदाइ भएको पोखरेल सम्झन्छन् ।

प्रशासनकाअनुसार महरा बसेको ब्लकमा ४ सय ७३ जना कैदीबन्दी थिए । आफू बसेको हलबाट विदाइ भएर निस्किने वित्तिकै उनको भेट टीकापुर घटनामा दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीसँग भयो । चौधरीले पनि महरालाई खादा लगाइदिँदै बधाई थिए ।

source:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका