Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • भक्तजनबाट सहयोग मागेर पशुपतिको शिवलिंगको पिठिकामा सुनको जलप लगाउने

भक्तजनबाट सहयोग मागेर पशुपतिको शिवलिंगको पिठिकामा सुनको जलप लगाउने

भक्तजनबाट सहयोग मागेर पशुपतिको शिवलिंगको पिठिकामा सुनको जलप लगाउने

काठमाडौं, ६ फागुन ।  धार्मिक र ऐतिहासिक महत्त्व बोकेको पशुपतिको गजुरजस्तै शिवलिंगको पिठिकासमेत अब भक्तजनबाट सहयोग मागेर सुनले सिंगारिने भएको छ । तर, पिठिकामा भने सुनको जलपमात्र हुनेछ ।

पिठिकामा हाल चाँदीको आवरणयुक्त जलहरी मात्रै छ । तर, अब त्यसलाई हटाएर सुनको जलहरी बनाउन लागिएको हो । पशुपतिनाथका शिवलिंग अमूल्य धरोहरका रूपमा रहेकाले त्यसको संरक्षण र संवद्र्धनका निम्ति सुनको जलप लगाउने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसका लागि १ सय ४१ किलो सुन लाग्ने अनुमान कोषले गरेको छ । कोषका अनुसार, भक्तजनको सहभागितामा हुने जलहरी निर्माणमा २४ क्यारेटको सुन प्रयोग हुनेछ ।

कोषले जलहरी योजना सार्वजनिक गर्दै सहयोगका लागि भक्तजनहरूलाई आग्रह गरेको छ । तर दातालाई मनमौजी सहयोग गर्ने सुविधा भने छैन । कोषका अनुसार, इच्छुक व्यक्तिले कम्तीमा १ तोलादेखि बढीमा १ किलोग्रामसम्म सुन वा सो बराबरको रकम सहयोग गर्न सक्नेछन् ।

१ किलोग्राम बढीको सुन वा सो बराबरको रकम कसैले सहयोग गर्न चाहेमा त्यो स्वीकार गर्न नसकिने कोषले जनाएको छ । १ तोलाभन्दा कम सुन वा सोबराबरको रकम सहयोग गर्न चाहनेको हकमा के हुन्छ भन्नेबारे भने कोषले केही खुलाएको छैन ।

इच्छुक व्यक्तिले कोषको विभिन्न ५ वटा बैंकमा रहेका खातामार्फत सहयोग गर्न सक्ने व्यवस्था कोषले मिलाएको छ । कोषका अनुसार इच्छुक भक्तजनले कोषको बैंक खाता रहेको कुमारी, एभरेष्ट, कृषि विकास, एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत सहयोग गर्न सक्नेछन् । यसरी सहयोग गर्ने दाताको नाम कोषले आफ्नो स्मारिकमा प्रकाशित गर्ने जनाएको छ ।

source:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका