Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  •  स्वर्गीय भेषकुमारी (अमृता)को स्मृतिमा स्वरेक टापुमा उत्कृष्ट विद्यार्थी पुरस्कार वितरण

 स्वर्गीय भेषकुमारी (अमृता)को स्मृतिमा स्वरेक टापुमा उत्कृष्ट विद्यार्थी पुरस्कार वितरण

 स्वर्गीय भेषकुमारी (अमृता)को स्मृतिमा स्वरेक टापुमा उत्कृष्ट विद्यार्थी पुरस्कार वितरण

पोखरा, ६ फागुन । स्वर्गीय भेषकुमारी (अमृता) पाण्डेय देवकोटाको ३४औं जन्मजयन्तीको अबसरमा स्वरेक टापुमा उत्कृष्ट विद्यार्थी पुरस्कार एवं छात्रबृत्ति वितरण सम्पन्न भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका वडानं ११ स्वरेक टापुमा अबस्थित टापुभञ्ज्याङ राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबार एक कार्यक्रमका विच अमृताका दाजु घनश्याम पाण्डेय , भाउजु जानुका पाण्डेय र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कमल पंगेनीले चार जना विद्यार्थीलाई पुरस्कार एवं छात्रबृत्ति वितरण गर्नुभएको हो । यस बर्ष उत्कृष्ट विद्यार्थी तर्फ लक्ष्मी पंगेनी र सिद्धार्थ खाँणले पुरस्कार प्राप्त गरेका छन् भने जहेन्दार तर्फ भगवती रिजाल र राधा विकले पुरस्कार प्राप्त गरेका छन् ।

अमृताको २०६१ साल असार १८ गते बुटबलको नयाँमिलमा आफै चढेर गएको बसबाट झर्नेक्रममा ढोका बाट खसेपछि सोही बसले ठक्कर दिदा मृत्यु भएको थियो । परिवारले हरेक बर्ष फागुन ५ गते अमृताको जन्मजयन्तीको अबसर पारेर अमृताको सम्झनामा उनले अध्ययन गरेको पहिलो विद्यालय टापुभञ्ज्याङमा विद्यालय भरिनै उत्कृष्ट अकं प्राप्त गर्ने एक छात्र र एक छात्रा गरि दुई विद्यार्थी र जहेन्दार तर्फ दुई गरि चार जनालाई पुरस्कार तथा छात्रबृत्ति वितरण गरेको पत्रकार समेत रहनु भएका अमृताका दाजु घनश्याम पाण्डेयले बताउनु भयो ।

१ लाख ५५ हजारको अक्षयकोष निर्माणमा माउण्ट कैलाश रिसोर्ट पोखराका नरेश भट्टराई ,अमेरिकामा कार्यरत विमला पाण्डे, स्वर्गीय अमृताका श्रीमान विष्णु देवकोटा , सांसद दीपक कोइराला र आफ्नो घरपरिवार रहेको पाण्डेयले बताउनु भयो । पाण्डेयले बहिनीको सधै स्मरण होस भन्ने सोच र विद्यार्थीहरुलाई अध्ययनशिल बनाउने उद्देश्यले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्ने गरेको बताउनु भयो । पुरस्कार वितरणमा ठुलो सहयोग माउण्ट कैलाश रिसोर्टको रहदै आएको पनि पाण्डेयले जनाउनु भयो ।विद्यार्थीहरुलाई ब्याग, कपी कलम, पेनसिल लगायतका झण्डै एक बर्ष पुग्ने सामाग्री वितरण गरिएको थियो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कमल पंगेनीले स्वर्गीय अमृताको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेर समाजमा सकारात्मक सन्देश दिएको बताउनु भयो । अहिले विद्यालयमा अन्य अक्षयकोष दाताहरुपनि रहेको भन्दै पंगेनीले आगामी बर्ष बाट सवै पुरस्कार तथा छात्रबृति माघ २५ गते विद्यालयको बार्षिक उत्सवको अबसरमा वितरण गरिने बताउनु भयो । विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार विकले पाण्डेय परिवारले शिक्षाको क्षेत्रमा गरेको सहयोगले विद्यार्थीमा हौसला थपिएको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका