Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • माछापुच्छे गाउँपालिकाका जेष्ठ नागरिकलाई पुष्प तालिम

माछापुच्छे गाउँपालिकाका जेष्ठ नागरिकलाई पुष्प तालिम

माछापुच्छे गाउँपालिकाका जेष्ठ नागरिकलाई पुष्प तालिम

श्रीभद्र पौडेल, हेमजा, ५ फागुन । माछापुच्छे गाउँपालिकाले जेष्ठ नागरिकलाई पुष्प खेती तालिम प्रदान गरेको छ । जेष्ठ नागरिकको सीप विकास अन्र्तगत उक्त तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा भनाई राख्दै गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले पुष्प खेती मार्फत जेष्ठ नागरिकले आफ्नो उमेर अनुसार थोरै परिश्रम गरेर भएपनि अर्थोपार्जन गर्न सक्ने बताइन् । उनले फूलले घर वरिपरीको वातावरण पनि मनमोहक साथै सन्तुलन राख्ने जनाउँदै आगामि दिनमा पनि त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने भनाई राखिन्।

उक्त कार्यक्रममा गाउँपालिकाका सूचना अधिकारी श्रीराम पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।सो अवसरमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीना, गाउँपालिका कृषि शाखा प्रमुख सविन देवकोटा र जेष्ठ नागरिक संजालका अध्यक्ष गणेशप्रसाद अधिकारीले सैद्घान्तिक साथै व्यवहारीक ढङगले सहजीकरण गरेका थिए।तालिममा प्रत्येक वडाबाट तिन जनाका दरले जेष्ठ नागरिक सहभागि थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका