Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • प्यारालाईसिस भएका आचार्यको परिवारलाई १५२,००० र पिडित वि.क.लाई ५० हजार हस्तान्तरण

प्यारालाईसिस भएका आचार्यको परिवारलाई १५२,००० र पिडित वि.क.लाई ५० हजार हस्तान्तरण

प्यारालाईसिस भएका आचार्यको परिवारलाई १५२,००० र पिडित वि.क.लाई ५० हजार हस्तान्तरण

सुजन न्याैपाने, अर्घाखाँचि, ५ फागुन । “मानव सेवामा न धर्म,न रंग,न जात,न हुन्छ राजनिती हुन्छ त केवल मानवता “ दुबै मृगौलामा संक्रमण (Lupus Nephritis) भन्ने रोग बाट ग्रसित अर्घाखाँचि जिल्ला छत्रदेव गाउँपालिका वार्ड नं. ८ (सिठेनी) निवासि टुल्क बहादुर वि.क.(प्रकाश) की श्रीमती सुनिता वि.क. वर्ष २४ महिनौं देखि असक्त अवस्थामा छट्पटाईरहनु भएको छ ।

वहाँका २ वटा सन्तान छन गौतम वि.क. वर्ष ६ अनि गौरव वि.क. वर्ष ३, साथमा सुनिताको वर्ष ७० की सासु आमा पनि हुनुहुन्छ,अशिक्षित परिवार,वहाँका श्रिमान समेत कम आँखा देख्ने घरमै डोका,मान्द्रा बुनेर गर्जो टार्नुहुन्न्छ,निकै विपन्न परिवार,समयमै रोग पत्ता लागेपनि रकम अभावकेा कारण उपचार अगाडि बढाउन सक्नु भएको छैन।

वर्षीय किशोरी सुनिता वि.क.लाउँ लाउँ र खाउँ खाउँ भन्ने उमेर मनमा कति रहर होलान,परिवार प्रति र समाज प्रतिको उत्तर दायित्व कति होला, एउटा मानव बनेर सोंच्दा कसको मन दुख्दैन होला र केहि समय अगाडि वहाँको घरमा गएर वास्तविकता बुझेर  सबै वडाबासिहरू फर्केका थिए । हिंजो  मात्रै तारा प्रसाद फुल्लेल,श्रवण कुमार क्षेत्री र रिता बुढाथोकीको संयुक्त पहलमा सहयोग राशी रू.५०,०००/- (अक्षेरेपी पचास हजार) जम्मा गरेर हस्तान्तरण गरिएको छ।

रकम सानै भए पनि उपचार र साना नानिहरूको स्कुल खर्चमा सहयोग पुग्ने अपेक्षा गरेका छ। सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित हुनु भएका यस वडाका वार्ड अध्यक्ष लगायत सबै समाजसेवी व्यक्तित्व प्रति हार्दिक नमन ।  सहयोग विना यो कल्कलाउँदो उमेरको बहिनीको उपचार सम्भव छैन ।

मेरूदण्ड भाँचिएर प्यारालाईसिस भएका विनोद आचार्यको परिवारलाई रू.१५२,०००/- हस्तान्तरण मानव सेवामा न धर्म,न रंग,न जात,न हुन्छ राजनिती हुन्छ त केवल मानवता “ करिव २३ महिना अगाडि घाँस काट्दा खन्युको रूखबाट लडेर C-7 नंवरको मेरूदण्डको हड्डि भाँचिएर प्यारालाईसिस भएका मालारानी वार्ड नं १ सान्दे (डाँडि पोखरी) का विनोद आचार्य भएभरको सम्पत्ति बेचेर काठमाण्डौको ट्रमा सेण्टर र बनेपा स्थित स्पाईनल ईन्ज्युरी पुनर्स्थापना केन्द्र,भैंसेपाटी साँगा अस्पतालमा करिव १ वर्ष उपचार पछि खासै उल्लेखनीय सुधार न आएकोले डा.को सल्लाह अनुसार घरमै लगेर सेवा गर्न सुझाए वमोजिम अहिले घरको वेडमा जिवन मरणको दोसाँधमा छट्पटाई रहनु भएको छ ।

वहाँका वयोवृद्ध वुवा,आमा,३० वर्षीय श्रीमती गिता आचार्य,छोरीहरू अभिषा आचार्य वर्ष ११ र अनिसा आचार्य डेढ वर्ष साथमा हुनुहुन्छ,एउटा विपन्न किसान परिवार आर्थिक अभावमा झेलिएर विरक्त भएको देख्दा कसको मन सम्हालिन सक्ला र ? म तारा प्रसाद फुल्लेल छत्रदेव-८,श्रवण कुमार क्षेत्री मालारानी-१ र रिता बुढाथोकी मालारानी-१,को संयुक्त पहलमा सहयोग जुटाएको राशी १५०,०००/- र राज कुमार श्रेष्ठ छत्रदेव वार्ड -८ अध्यक्ष बाट रू.२०००- समेत गरी रू.१,५२,०००- (अक्षेरेपी एक लाख बाऊन्न हजार) जम्मा गरेर हस्तान्तरण गरिएको छ।

रकम सानै भए पनि उपचार र साना नानिहरूको स्कुल खर्चमा सहयोग पुग्ने अपेक्षा गरेका छ। वहांकी श्रिमती र परिवारले विरामी प्रति गर्नु भएको सेवा देख्दा साँच्चिकै प्रसंसनिय लाग्यो,यस्तो श्रिमती पाउने पुरूष साँच्चिकै भाग्यमानि हुन्छ बाँकी त सबै कर्म र भाग्यको खेल हो, सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित हुनु भएका यस वडाका वार्ड अध्यक्ष,मुमलाल फुल्लेल,रमेश फुल्लेल,तारा प्रसाद श्रेष्ठ,चन्द्रमान श्रेष्ठ,विस्नु प्रसाद श्रेष्ठ,भेषराज फुल्लेल,सुभाष कुँवर,शिंक्षक उम बहादुर पाण्डे लगायत जन प्रतिनिधिहरू,वार्ड कर्मचारीहरू र समाजसेवी व्यक्तित्वहरू प्रति हार्दिक नमन उहाँहरूकाे याे काम उल्लेखनिय छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका