Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • सिलिङ्गे सहकारीद्वारा विद्यालयमा शैक्षिक सामग्री वितरण

सिलिङ्गे सहकारीद्वारा विद्यालयमा शैक्षिक सामग्री वितरण

सिलिङ्गे सहकारीद्वारा विद्यालयमा शैक्षिक सामग्री वितरण

पोखरा, २ फागुन । सिलिङ्गे कृषि उत्पादक सहकारी संस्थाले आफ्नो १२ औँ स्थापना दिवसको अवसरमा विद्यालयमा विविध शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । भवानी कालिका माध्यमिक विद्यालय पोखरा २६ मा अध्ययनरत आधारभूत तहका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

सामग्री वितरण गर्दै संस्थाका अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले सिलिङ्गे कापीकलम योजना अन्तर्गत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उक्त सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले प्रायजसो विपन्न समुदायका बालबालिकाहरु पढ्न आउने सामुदायिक विद्यालयमा यस्ताखाले सामग्री वितरण गरिने आफूहरुको सानो प्रयासले विद्यार्थीको उज्ज्वल भविष्यको मार्गदर्शन बन्न सक्नेमा आशा व्यक्त गर्नभयो ।

त्यस्तै मुक्तिनाथ विकास वैंक पोखराले विद्यालयमा २५ थान फुलका गमला हस्तान्तरण गरेको छ । वैंकका बुढीबजार शाखाप्रमुख रामचन्द्र रानाभाटले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनिया थापा तथा प्रधानाध्यापक रमेश भट्टराईलाई गमला हस्तान्तरण गर्नुभएको विद्यालयका शिक्षक निरु के.सी ले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका