Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • गायक देखि हास्यकलाकार सम्म यस्तो संघर्ष गर्दै सन्तोश जङ्ग खत्री

गायक देखि हास्यकलाकार सम्म यस्तो संघर्ष गर्दै सन्तोश जङ्ग खत्री

पाेखरा, २ फागुन । गित संगीतको क्षेत्रमा अत्यन्तै रुचि भएका नवगायक सन्तोष जङ्ग खत्रीले १५ बर्षको  सानै उमेरमा  गीत प्रदर्शन गरेका छन। उनले आफ्नै शब्द रचना, आफ्नै लय र आफ्नै अवाजमा गीत सिर्जना गरि मोडल मदन घर्तीकाे साथ लिएर ” दिन मै नशा ” नामको गीत प्रदर्शन गरेका थिए ।

पर्बत राम्जा देउराली मा जन्मिइ हाल पोखरा सृजनाचोकमा बसोबास गर्दै आएका नवगायक सन्तोष जङ्ग खत्रीले ठुलो धनराशि खर्च गर्न नसक्दा आफुले सोचेको जस्तो म्युजिक भिडियो बनाउन नसकेको बताउछन । त्यसपछि पनि बिबिध बाध्यता संगै उनले परेली झिम्काउन,मै दुखी परदेशी जस्ता गितहरुको सिर्जना गरि युटुब मार्फत सार्वजनिक गरेका छन ।

यतिबेला भने उनी नया गित चाडै बजारमा ल्याउने तयारीमा छन । साथै हास्य टेलिसिरियल ” लठपत्र ” मा (कट्टे) नामको भूमिकामा अभिनय गर्दै आफ्नो कलाकारिता छेत्रलाई अगाडि बढ़ाइरहेका छन । र उनले थप्दै भने “मलाइ लठपत्र सिरियलमा डेब्यु गराउने आदरणीय दाइ “आशिष अधिकारी” लाइ बिषेश आभार ब्यक्त गर्न चाहन्छु” ।

हाल उनि पेशागत हिसाबमा “गण्डकी मेडिकल कलेज एन्ड हस्पिटल ” को ल्याब मा कार्यरत छन् ।उनले धेरै छेत्रहरुको अनुभव बटुल्नको लागि “गायन,हास्य कलाकार , मेडिकल फिल्ड , र म्यानेजमेन्ट विषयमा अध्ययन” एकैसाथ लिएर अगाडि बढीरहेका छन् । उहाको की म्युजिक भिडियो साथै कलाकारिताको भिडियो लिंक तल छ ।
परेली झिम्काउनस्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका