Samacharpati
सोमवार, असार २९, २०७७
  • होमपेज
  • कलाकार स्वस्तिका लामिछानेको गौतमबुद्ध क्रिकेट रंगशालालाई सहयोग

कलाकार स्वस्तिका लामिछानेको गौतमबुद्ध क्रिकेट रंगशालालाई सहयोग

कलाकार स्वस्तिका लामिछानेको गौतमबुद्ध क्रिकेट रंगशालालाई सहयोग

चितवन, २ फागुन । कलाकार स्वस्तिका लामिछानेको नेतृत्वमा चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागी ४२ हजार ९ सय ५० रुपैंया सहयोग गरिएको छ । विश्वका बिभिन्न देशमा छरिएर रहेको नेपालीहरुले पठाएको रकम कलाकार स्वस्तिकाले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरिन् ।

स्वस्तिकाले केहिदिन अघि निर्माणाधिन रंगशालामै पुगेर रकम हस्तान्तरणसँगै अवलोकन गरेकी थिइन् । मैले पनि आफ्नो तर्फबाट केहि गर्न सक्ने सहयोग गरेँ । साथै बिभिन्न ठाउँबाट सहयोग रकम पठाउनुहुने सम्पूर्णमा धन्यवाद दिन चाहान्छु । स्वस्तिकाले भनिन् । रकम बुझेपछि धुर्मुसले सहयोग गर्ने सबैलाई रंगशाला निर्माणमा जोडिनुभएकोमा धन्यवाद ब्यक्त गरे ।

कलाकार स्वस्तिका लामिछाने केहि चलचित्र, टेलिसिरियलमा काम गरेकी छिन् । उनले केहिसमय अघिसम्म नेपाल टेलिभिजनमा प्रसारण हुने ब्रेक फेलमा मुख्य कलाकार भएर काम गरेकी थिइन् ।

साथै चर्चित चलचित्र वडा नम्बर ६, छक्का पन्जा मा पनि अभिनय गरिसकेकी थिइन् । यस्तै आउँदो चलचित्र लक्का जवानमा पनि उनको अभिनय देख्न पाइनेछ । कलाकार स्वस्तिका लामिछानेले हस्तान्तरण गरेको रकम निम्न सहयोगीदाताहरुबाट पठाइयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका