Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • गायिका सम्झना भण्डारीको आवाजमा ”परदेशीको अधेरो संसार” भिडियो सहित

गायिका सम्झना भण्डारीको आवाजमा ”परदेशीको अधेरो संसार” भिडियो सहित

काठमान्डाैँ, २ फागुन । नेपाली लोक दोहोरी गीत संगीतको बजारमा वियोगान्त बास्तविक भोगाईमा आधारित गीत संगीतहरु कम मात्रामा आइरहेको अवस्थामा गायक अर्जुन पन्त र गायिका सम्झना भण्डारीको आवाजमा रहेको ”परदेशीको अधेरो संसार ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

परिवारको सुखको लागी परदेशमा धन कमाउने सपना बोकेर विदेशी भुमीमा पसिना बगाउने श्रीमान र स्वदेशमा आफना बालबच्चाको स्यार सुसारमा तलिन नेपाली नारीको भोगाईलाई गीतमा समेटिएको छ । अर्जुन पन्तको शब्द तथा उमा खड्का र अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ ।

शुशिल डाँगीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”परदेशीको अधेरो संसार ” गीतको भिडियोमा अर्जुन,अनिसा, कविता, श्रेया र दिपकको अभिनय रहेको छ । ”परदेशीको अधेरो संसार” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका