Samacharpati
बुधबार, जेष्ठ १४, २०७७
  • होमपेज
  • मुसिकोट वामीमा जेष्ठ नागरीक सम्मान तथा कृषक परिचय पत्र वितरण

मुसिकोट वामीमा जेष्ठ नागरीक सम्मान तथा कृषक परिचय पत्र वितरण

मुसिकोट वामीमा जेष्ठ नागरीक सम्मान तथा कृषक परिचय पत्र वितरण

अनिष पाठक वामी, २९ माघ । मुसिकोट नगरपालिका वडा नंं. ७ वामीले आज जेष्ठ नागरीक सम्मान तथा कृषक परिचय पत्र वितरण गरेको छ । नगरपालिकाको विन्योजित २ लाख २५ हजार रकमबाट ८० वर्ष उमेर पुगेका ४५ जना र अगुवा तथा व्यवसायीक १८ जना कृषकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै नरपालिकाका प्रमुख सोमनाथ सापकोटाले राणा शासानकालदेखी अहिले सम्मको शासन व्यवस्था देख्नुभएका सम्मानित व्याक्तीबाट अहिलेका युवाले केहि सिन्नुप्रने बताउदै अहिलेको सरकारले के गर्यो भन्नु भन्दा पनि पहिले र अहिलेमा के कति अन्तर भयो र छ भनेर बुझन जरूली रहेको बताउनुभयो । साथै उहाँले ८ घातक रोगको उपचारमा नगरले खर्च वेर्होने बताउदै यसै वर्ष भित्र ७ हजार ७८ घरधुरिमा खानेपानि पुर्याउने योजना रहेको समेत बताउनुभयो । यसमध्य केहि घरधुरिमा खानेपानि पुगिसकेको छ ।

कार्यक्रममा बोल्दै उपप्रमुख कमला शर्मा गौतमले कृषकृले कृर्षि उपजको उत्पादन मात्र गरेर नहुदै बताउदै त्यसलाई व्यवसाइक बनाउनुप्रने जोड दिनुभयो । वडा नंं. ७ का वडा अध्यक्षय प्रकाश काफ्ले विकाशका कयौ काम अन्तीम चरणमा रहेको बताउदै अबको केहि समयमा नै त्यो परिमाण देखीने समेत बताउनुभयो भने उता वडा नं. ८ का वडा अध्यक्षय नरायण सापकोटाले पुर्खाले उतिवेला गरेको त्यो दुखले नै अहिलेको यस आधुनिक युगमा रमाउन सकेको बताउनु भएको थियो ।

नेपालि काँग्रेसका तेजेनद्र बहादुर जिसी, नेकपाका अग्नीधर लोहनी लगाएतले नगरले धेरै विकाशका काम गरेको भएतापनि बाँदर आतङकलाई रोक्न प्रयास नगरेकोमा गुनासो गरेका थिय । उनिहरूले बादरकै कारण धेरै समय खेरा गएको बताउदै त्यसलाई रोक्न अनुरोध गर्दै यस्तै समस्या रहेमा कृर्षिमा मुसिकोट आत्म निर्भर हुन नसक्ने अबस्था आउने बताएका थियाे ।

नगर प्रमुख सापकोटाले फरक प्रशङगमा विकाशमा केहि विनाश भएतापनि स्थानियको साथ रहेमा त्यसले महा विकाशको रूप लिने बताउनुभएको थियो । साथै उहाँले कृषकले उत्पादन गरेको बस्तुले बजार नपाएमा त्यो जिम्मा नगरले लिने हुँदा ढुक्क भएर उत्पादन गर्न आग्रह समेत गर्नुभयो ।

नगरले करेसाबारी निर्माणमा ४ हजार, गोठ सुधारमा ७ हजार ५ सय, कफिका १ सय वि?वा बराबर १० हजार लगाएतका अनुदान समेत दिने गरेको छ । आज भएको जेष्ठ नागरीक सम्मान तथा कृषक परिचय पत्र वितरण कार्यक्रममा कार्यक्रम संयोजक तथा वडा सचिव विष्णु प्रसाद खरेलको स्वागत, वडा अध्यक्षय प्रकाश काफ्ले को अध्यक्ष्ता तथा कम्पुटर अपरेटर गोविन्द कंडेलको संचालनमा सम्पन्न भएको थियो । यो कार्यक्रम नगरको सहयोगमा गरिएको पहिलो भएतापनि वडा नं. ८ ले भने आफ्नै आयोजनामा २०७५ सालमा नै जेष्ठ नागरीक सम्मान कार्यक्रम गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका