Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • पोखरामा नै रहेर जे–टेष्ट परिक्षा दिन मिल्ने व्यवस्था

पोखरामा नै रहेर जे–टेष्ट परिक्षा दिन मिल्ने व्यवस्था

पोखरामा नै रहेर जे–टेष्ट परिक्षा दिन मिल्ने व्यवस्था

पोखरा, २९ माघ । पोखरामा रहेका जापानीज् भाषा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी पोखरामा नै कम शुल्कमा जे–टेष्ट परिक्षा दिन मिल्ने भएको छ । सो को बारे बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरी जानकारी गरार्ईएको हो ।

सांग्रिला एजुकेसन फाउन्डेशनको आयोजना एवं भाषा संघ नेपालको सहयोगमा आयोजित अन्तरक्रिया कार्यक्रममा जे–टेष्ट परिक्षाको बारे जानकारी गराइएको हो ।

कार्यक्रमा बोल्दै जे–टेष्ट परिक्षाका संयोजक कृपानाथ श्रेष्ठले विद्यार्थीहरुलाई भाषा दक्षता प्रदान अभिप्रायले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । जापानिज् जे–टेष्ट परिक्षालाई विद्यार्थीहरुले गाह्रो मानिरहेको बुझाई रहेको भन्दै उहाँले परिक्षा सोचे जस्तो गाह्रो भने नरहेको श्रेष्ठले बताउनुभयो । उहाँले यस परिक्षा पोखरामा नै दिनसकिने हुँदा अब काठमाडौँ जाने झन्झटबाट पनि मुक्त हुने बताउनुभयो ।

त्यस्तै भाषा संघ नेपालका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले यस परिक्षा दुई महिनाको अन्तरालमा वर्षमा ६ पटक दिन सकिने भन्दै कम लागतमा व्यवस्थित तवरले परिक्षा दिन सकिने बताउनुभयो । आउँदा दिनहरुमा जापानबाट भाषा विशेषज्ञ भित्र्याएर पठनपाठनको अनुकुल बातावरण सृजना गर्ने उहाँले जानकारी दिनुभयो ।

जापानको राजदुतावाससँग पनि सहकार्य गरेर जापानिज् कार्यक्रमहरु संचालन गर्ने भन्दै दुतावासबाट साथ दिने विश्वास व्यक्त गरेको कार्यक्रमका संचालक मोती श्रेष्ठले बताउनुभयो ।

सो कार्यक्रमको अवसरमा जे–टेष्ट परिक्षाका संयोजक कृपानाथ श्रेष्ठले जापानिज् जे–टेष्ट परिक्षामा आधारित जे–टेष्ट परिक्षा तयारी पुस्तक सार्वजानिक गर्नुभयो ।

कार्यक्रममा भाषा संघ नेपालका सल्लाहकार बिक्रम उदास, निवर्तमान अध्यक्ष युवराज खनाललगायत पोखरामा संचालित ४० वटा जापानिज् संस्थाका करिब १ सय जनाको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका