Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • पुस्तक आयातमा कर लगाउने निर्णयविरुद्ध त्रिचन्द्र कलेजका विद्यार्थी सडकमा उत्रिए

पुस्तक आयातमा कर लगाउने निर्णयविरुद्ध त्रिचन्द्र कलेजका विद्यार्थी सडकमा उत्रिए

पुस्तक आयातमा कर लगाउने निर्णयविरुद्ध त्रिचन्द्र कलेजका विद्यार्थी सडकमा उत्रिए

काठमाडौँ, २९ माघ । अहिले त हरेक कुरामा कर !  कर तिर्ने जनतालाई सामान्य जस्ताे लाग्न थालिसकेकाे छ । कर तिर्दै पनि आईरहेका छन ।  कर त कर पुस्तक आयातमा पनि भन्सार कर लगाउने सरकारको निर्णय समेत भएकाे छ ।

पुस्तकमा कर लगाउने सरकारको निर्णयविरुद्ध विद्यार्थी आन्दोलित भएका छन् ।  याे पुस्तकमा कर लगाउले कुरा   विद्यार्थीलाई पिटिकै मन परेकाे छैन ।

पुस्तक आयातमा सरकारले १० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेपछि त्रिचन्द्र कलेजका विद्यार्थीले बुधबार सडकमै सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

विद्यार्थीको प्रदर्शनमा नेपाल विद्यार्थी संघले एक्यवद्धता जनाएको महामन्त्री दीपक भट्टराईले बताएका छन । शैक्षिक शुल्क नै विद्यार्थीलाई महँगो भइरहेका बेला  अझै किताबमा समेत कर लगाएर विद्यार्थीलाई मारमा पार्न खोजिएकोले आन्दोलनलाई समर्थन गरेको महामन्त्री भट्टराईको भनाइ  रहेकाे छ ।
यसअघि पुस्तक प्रेमीहरुले पनि माइतीघर मण्डलामा किताब पढेर विदेशबाट आयात हुने पुस्तकमा कर लगाउने निर्णयको विरोध गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका