Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • नक्‍कली प्रहरी बनेर रकम असुल्ने तीनजना कैलालीबाट पक्राउ

नक्‍कली प्रहरी बनेर रकम असुल्ने तीनजना कैलालीबाट पक्राउ

नक्‍कली प्रहरी बनेर रकम असुल्ने तीनजना कैलालीबाट पक्राउ

धनगढी, २९ माघ । कैलालीमा नक्‍कली प्रहरी बनेर रकम असुल्ने तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङ खप्तड छान्ना गाउँपालिका १ घर भएका आल धनगढी उप-महानगरपालिका-७ मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने ३५ वर्षीय गौरव हमाल र कन्चनपुर पुनर्वास नगरपालिका  ५ घर भइ धनगढी उप महानगरपालिका १ बस्ने ३३ वर्षीय किशन सिजापती पक्राउ परेका हुन्।

माघ २ गते धनगढी उपमहानगरपालिका ३ बडहरा घर भइ मिलनचोकस्थित चन्द्रभान शर्माले संचालन गरेको रिक्सा, साइकल मर्मत पसलबाट उनीहरुले रकम असुली गरेको प्रहरीले जानकारी दिएको छ ।

आफूहरु प्रहरी कार्यालयबाट आएको भन्दै रकम असुल्ने गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

source:annapurnapost

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका