Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • सिन्धुपाल्चोकमा पनि भेटिए कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा बिरामी

सिन्धुपाल्चोकमा पनि भेटिए कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा बिरामी

सिन्धुपाल्चोकमा पनि भेटिए कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा बिरामी

सिन्धुपाल्चोक, २९ माघ  ।  सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् ।

संक्रमित भेटिएको स्थान चीनसँगको सीमानजिकै पर्छ । करिब  केही जनामा कोरोना भाइरसका बिरामीमा जस्तो लक्षण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले बताएका हुन् ।

कोरोना संक्रमितमा जस्तो लक्षण बिरामीमा भेटिएपछि गाउँपालिकाले मंगलबार यसको पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

‘२३ गतेदेखि यो बस्तीमा फाट्टफुट्ट यस्ता बिरामी भेटिएपछि गाउँपालिकाको स्वास्थ्यकर्मीसहितको टोली जाँदा उनीहरूले औषधिले निको नभएको बताएका थिए ।

चीनको वहानमा देखापरेको कोरोना भाइरस अहिले चीनसहित विश्वका २ दर्जन बढी मुलुकमा देखापरेको छ । यसबाट चीनमा मात्रै करिब १ हजार ज्यान गइसकेको छ भने ४२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

सिन्धुपाल्चोक चीनसँग सीमा जोडिएको जिल्ला हो । यसअघि चीनबाट संक्रमण फैलन सक्ने भन्दै चीनसँग जोडिएको यहाँको तातोपानी नाका बन्द गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका