Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • पेटको अल्सर कसरी,किन हुन्छ ? अल्सर भएकाे कसरी थाहा पाउने !

पेटको अल्सर कसरी,किन हुन्छ ? अल्सर भएकाे कसरी थाहा पाउने !

पेटको अल्सर कसरी,किन हुन्छ ? अल्सर भएकाे कसरी थाहा पाउने !

काठमान्डाैँ, २८ माघ । पेटको अल्सर भएमा पेटमा प्वाल पर्ने वा घाउ हुने गर्छ । यस्तो अल्सर विशेषगरी गलत खानपानका कारण हुने हो । सामान्यतया, खाना पचाउने एसिडले आमाशयको पर्खाललाई असर गरेमा अल्सर हुने गर्छ । यस्तो अल्सर पेटको भित्री भागमा, भोजन नली तथा सानो आन्द्रामा विकास हुन्छ ।

पेटमा अल्सर भएमा पिडा नाइटोबाट सुरु भई छातीसम्म दुख्छ । समयमै उपचार नगरे यसले भयानक समस्या निम्त्याउन सक्छ । र, पेट सम्बन्धि अन्य समस्याहरु पनि उब्जिन्छन् ।

किन हुन्छ ?

पेटको अल्सरलाई पेप्टिक वा ग्यास्टि्रक अल्सरसमेत भनिन्छ । अम्लीयपना, धुमपान वा लागूऔषधको सेवन, अत्यधिक स्टेराइडको प्रयोग, आणुवंशिक कारण, तनाव तथा खानपानको गडबडीका कारण पनि पेटमा अल्सर हुने गर्छ । त्यस्तै, हेलिकोव्याक्टर पाइलोरी नामक जीवाणुको संक्रमणका कारण पनि पेटमा अल्सर हुने गर्छ ।

कसरी थाहा पाउने ?

सुरुवाती चरणमा अल्सर पत्ता लगाउन केहि कठिन हुन्छ । तथापि, तल उल्लेखित लक्षण देखिएमा सचेत हुन जरुरी छ :

-बारम्बार डकार आउने

-पेटमा जलन पैदा हुने

-पेटमा घाउ भएको महसुस हुने

-पेट फुल्ने, सुन्निने

-छाती पोल्ने, ग्याष्ट्रिकको समस्या

-शरीरको माथिल्लो भाग दुख्ने वा पोल्ने

-तातो खानेकुरा खाएपछि असहज महसुुस हुने

-दिशामा रगत देखिने वा दिशाको रङ्ग गाढा हुने

-रगत बान्ता हुने, खोकीमा रगत देखिने

-वजन कम हुने

-खान मन नलाग्ने

कति प्रकारका हुन्छन् ?

अल्सर तीन प्रकारका हुन्छन् ।

-पेटमा हुने ग्याष्ट्रिक अल्सर

-भोजन नलीमा हुने एसोफेगस अल्सर

-सानो आन्द्रामा हुने डूआडनल अल्सर

ख्याल गर्नुपर्ने कुरा

अल्सरका विरामीले मसलादार खाना, सुर्तिजन्य पदार्थ, तारेको, भुटेको खानेकुरा तथा माछामासुबाट बच्नुपर्छ । अत्याधिक मात्रामा फलफूल तथा सागसब्जीको सेवन गर्नुपर्छ । यसले अल्सर चाडै निको पार्न सहयोग गर्छ ।

त्यसबाहेक, फोहोर तथा दुषित खानेकुराबाट बच्नुका साथै साबुन-पानीले राम्ररी हात धोएर मात्र खाना खानुपर्छ ।

source:onlinekhabar.

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका