Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • मोरङमा गाँजासहित एक महिला पक्राउ

मोरङमा गाँजासहित एक महिला पक्राउ

मोरङमा गाँजासहित एक महिला पक्राउ

काठमाडौँ, २७ माघ । मोरङ प्रहरीले लागूऔषध गाँजासहित एक जना  महिलालाई  (आज)  सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा  मोरङको बुढीगंगा गाउँपालिका-५ की ४० वर्षीया रमिना माझी रहेकी छन् ।

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले रमिना माझीको साथबाट अन्दाजी एक केजी र स-साना प्लास्टिकमा पोका बनाएर राखेको अवस्थामा २८ पोका  गाँजा बरामद गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन ।

विशेष सूचनाको आधारमा प्रहरी रमिना माझीको घरमा पुगेको थियो । रमिनाकाे घरबाटै प्रहरीले   उक्त गाँजा बरामद गरेको थियाे  । माझीलाई नियन्त्रणमा लिएर लागूऔषध गाँजाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका