Samacharpati
आइतबार, चैत्र १६, २०७६
  • होमपेज
  • सेतीको खोंचमा अड्किएका आकाश गुरुङको यसरी गरियो उद्दार (हेर्नुहोस )

सेतीको खोंचमा अड्किएका आकाश गुरुङको यसरी गरियो उद्दार (हेर्नुहोस )

पाेखरा, २७ माघ । पोखरा ९ बसपार्क नजिकै सेतीनदी खोँचमा खसेका युवकको प्रहरी र शसस्त्र प्रहरीले उद्धार गरेको छ । सोमबार बिहान सेती खोचमा भुपु ग्यारेजमा काम गर्दै आएका म्याग्दीका ३० बर्षिय आकाश गुरुङ खसेका थिए ।

सेती नदिमा कुकुर कराएको सुनेपछि कुकुरको उद्धारका लागि गएका उनि खोचमा खसेका थिए । उनी खसेको थाहापाए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

डोरीको सायताले नेपाल प्रहरी र शसस्त्र प्रहरीको उद्धार टोलीले उद्धार गरेका करिब २ घण्टा लगाएर पहिले गुरुङ र त्यसपछि कुकुरको पनि उद्धार गरेको छ ।

उनी कुकुरलाई धेरै नै माया गर्ने गरेको स्थानीयले बताए । एक दुई दिन पहिले कुकुर सेतीमा खसेको हुन सक्ने बताए ।

गुरुङ सेतीनदी भन्दा केही माथी खोचमा अड्कीएको अवस्थामा आफुहरुले उद्धार गरेको नेपाल प्रहरीको उद्धार टोलीका संयोजक श्याम श्रीवास्तवले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका