Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • एलिशा शर्मा र युवापुस्ताका चर्चित गायक सुशान्त केसीले सिड्नी तताउँदै

एलिशा शर्मा र युवापुस्ताका चर्चित गायक सुशान्त केसीले सिड्नी तताउँदै

एलिशा शर्मा र युवापुस्ताका चर्चित गायक सुशान्त केसीले  सिड्नी तताउँदै

काठमान्डाैँ, २७ माघ । बिगत ३ बर्ष देखि लगातार गर्दै आएको रगडेल होली मेला यस पटक पनि आयोजना हुने भएको छ । नेपाली कला संगै संस्कृति लाई पनि उत्थान र प्रोत्शाहन हुने अभिप्रायले आयोजना गरिएको यस मेलामा यो पटक कुशल डान्सर एबम कलाकार एलिशा शर्मा र युवापुस्ताका चर्चित गायक सुशान्त केसीले स्टेज तताउने भएको छ ।

बिगतका बर्षहरुमा करिब २०००० भन्दा बढी दर्शकको साथ पाएको यस मेलाले यो पटक भने सो रेकर्ड ब्रेक गर्ने बिस्वास लिएको छ आयोजक टिमले । रगडेल ब्वायज र कमेरो इभेन्ट्सले अस्ट्रेलियाको सिड्नीमा मार्च ७ का दिन भब्य कार्यक्रम गर्ने कार्यक्रमका म्यानेजर बिक्रम गुरुङ्ग बताए ।

गुरुङ्गका अनुशार यो पटक एलिसा र सुशान्त संगै गायक बिक्की गुरुङ र कार्यक्रम प्रस्तोताको रूपमा ओशिन सिटौला आउनेछन त्यस्तै अन्य चर्चित कलाकारहरुको पनि उपस्थिति रहने छ।  हामीले मार्च ७ का दिन फेरी सिड्नीमा नयाँ इतिहास रच्नेछौ  उनले भने । कार्यक्रमका लागी अन्य कलाकारहरु पुन तय गरि जानकारी दिने प्रोग्राम म्यानेजर बिक्रम गुरुङ्गले जानकारी दिनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका