Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • गायिका देबिका वन्दनाको नयाँ गीत ‘भोलिलाई कस्ले पो देख्या छ’

गायिका देबिका वन्दनाको नयाँ गीत ‘भोलिलाई कस्ले पो देख्या छ’

काठमाडौं, २५ माघ । लोकप्रिय गायिका देबिका वन्दनाको नयाँ गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको शब्द, सङ्गीत, अमोश तामाङको एरेञ्ज र दीप तुलाधरको मिक्सिङ र माष्टरिङ रहेको मारुनी गीत ‘भोलिलाई कस्ले पो देख्या छ, आज राम्रो साइतै जुर्‍या छ’ गीतको भिडियो सार्वजनिक भएको हो ।

दीप शाक्य श्रेष्ठको निर्देशनरकोरियोग्राफ रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, निशा गुरुङ, विशाल गुरुङ र विजी एरोविक एण्ड डान्स एकेडमी पोखराको डान्स ग्रुपलाई फिचरिङ गरिएको छ । अनिल श्रेष्ठले निर्माण गरेको भिडियोमा संजय लामाको छायाँकन र विजेश पौडेलको सम्पादन रहेको छ । गीतको भिडियोलाई देबिकाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

देबिका वन्दनाले ‘एउटा परदेशी’, ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’, ‘नेपाली माया चाहिन्छ’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘तिमीलाई मेरो यो आँखामा’लगायत दर्जनौ राष्ट्रिय, भजन, सुगम सङ्गीत र चलचित्रका चर्चित गीत स्रोतारदर्शकमाझ पस्किएकी छन् । आफ्ना अन्य गीत जस्तै भरखरै सार्वजनिक गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ले पनि स्रोतारदर्शको माया पाउने आफू आशावादी रहेको बन्दनाले बताइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका