Samacharpati
मङ्लबार, असार २३, २०७७
  • होमपेज
  • बागलुङ काठेखोलाकि १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता !

बागलुङ काठेखोलाकि १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता !

बागलुङ काठेखोलाकि १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता !

 बागलुङ, २४ माघ । बागलुङ काठेखोला गाउँपालिका–७ कि १२ वर्षीया  एक सातादेखि बेपत्ता छिन् । गत शुक्रबार बिहान ८:३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन ठुलाे पीडामा  रहेका छन् ।

प्रहरी र स्थानीयवासीले खोजी कार्य तीव्र पारे पनि बस्याल फेला पर्न सकेकी छैनन् । उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्थिन । छोरीको खोजीमा सहयोग गर्न बुबा नरबहादुरले सबैमा आग्रह समेत गरेका छन् ।

हराएकी बालिका बागलुङ बजारतर्फ आइरहेको बेला खहरे भन्ने ठाउँमा देखेको स्थानीयबासीले बताएका छन् । त्यसपछि उनी कता गइन्, कसैले अपहरण गरे कि ?  जीवित पनि छन कि छैन्न्  ,अवस्था के छ कुनै अत्तापत्तो लाग्न सकेको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका