Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने डाक्टरको भाइरस संक्रमणबाटै मृत्यु

कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने डाक्टरको भाइरस संक्रमणबाटै मृत्यु

कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने डाक्टरको भाइरस संक्रमणबाटै मृत्यु

काठमान्डाैँ, २४ माघ । चीनमा कहर मच्चाइरहेको कोरोना भाइरसका कारण हालसम्म ५६० जनाको मृत्यु भइसकेको छ भने २५ हजारभन्दा बढी यस भाइरसबाट संक्रमित भएका छन् । चीनको बुहान शहरबाट फैलिन सुरु भएको कोरोना भाइरस हालसम्म २५ देशभन्दा बढी देशमा फैलिइसकेको छ ।

अमेरिका, भारत, अष्ट्रेलिया लगायत अन्य देशमा यसलाई नियन्त्रण गर्न ठुलो प्रयास भइराखेको छ । संक्रमितहरुको पहिचान गरी उनीहरुको उपचार गर्न विभिन्न देशहरु लागि परेका छन् । तर, यसैबीच चीनमा कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी गराएका डाक्टरको यसै भाइरसका कारण मृत्यु भएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने एक डाक्टरको कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको छ । वुहान सेन्ट्रल अस्पतालका आँखा विशेषज्ञ डाक्टर ली वेनलियाङ्गको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।

उनको स्वास्थ्यबारे विरोधाभासपूर्ण खबरहरु आइरहेका थिए । पछि वुहान सेन्ट्रल हस्पिटलले सामाजिक सन्जालमार्फत् उनको स्थिति गम्भीर रहेको भन्दै उनलाई जोगाउन हरसम्भव कोसिस गरिरहेको जानकारी दिएको थियो । पछि सरकारी आदेशअनुसार उनका स्वास्थ्य रिपोर्टहरु सार्वजनिक गरिएको थियो ।

चीनको सरकारी मिडियाका अनुसार डाक्टर लीले ३० डिसेम्बरकै दिन आफ्ना साथी डाक्टरहरुलाई सार्स जस्तै भाइरसका संक्रमित विरामीहरु आफूले देखेको बताएका थिए । तर, स्थानीय प्रहरीले उनलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

अन्ततः डाक्टर लीले भनेकै कुरा पुष्टि भयो । निमोनियाको लक्षण जस्तै देखिने र सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरसको कारण चीनमा पाँच सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको बताइन्छ । सरकारी तथ्यांकअनुसार २८ हजारभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन् ।

३४ वर्षीय लीलाई चिनियाँ सामाजिक सन्जाल प्रयोगकर्ताहरुले ‘हिरो’को संज्ञा दिइरहेका छन्, जसले सही समयमै मानिसहरुलाई सतर्क गराउने काम गरेका थिए ।

source: onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका