Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • जहाज सेवाले पर्यटन प्रवद्र्धनमा टेवाः मन्त्री लम्साल

जहाज सेवाले पर्यटन प्रवद्र्धनमा टेवाः मन्त्री लम्साल

जहाज सेवाले पर्यटन प्रवद्र्धनमा टेवाः मन्त्री लम्साल

पाेखरा, २० माघ । पोखरा देखि विराटनगर उडानले पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश भ्रमण बर्ष २०१९—२०२२ लाई टेवा पुग्ने गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले बताउनुभयो ।

पर्यटकीय हिसाबले अत्यान्तै महत्वपूर्ण प्रदेशको रुपमा परिचित दुई प्रदेश गण्डकी प्रदेश र प्रदेश नं. १ सिधा जहाज उडानले दुई प्रदेशको सम्बन्धलाई समेत सिधा जोडेको बताउदै अब गण्डकी प्रदेश—प्रदेश नंं.१ लाई नयाँ पर्यटकिय प्याकेजको रुपमा विकास गरिने बताउनुभयो ।

यसबाट दुवै प्रदेश मात्र नभई भारतका पर्यटकलाई समेत फाइदा पुग्ने बताउदै मन्त्री लम्सालले पोखरा—विराटनगर हवाई सेवा शुरुवात भएकोमा खुसी व्यक्त गर्नुभयो ।

सगरमाथा, पाथीभरा, हलेसी,ईलाम चिया बगान लगायतका क्षेत्रहरु १ नं. प्रदेशको पर्यटकीय क्षेत्रहरु भएको र गण्डकी प्रदेशका धौवलागिरी,अन्नपूर्ण,माच्छापुच्छे हिमाल,मुक्तिनाथ,पर्यटकीय शहर पोखरा,अन्धगल्छी लगाएतका पर्यटकीय गन्तव्यमा घुम्न आउने पर्यटकहरुलाई अब हवाई सेवाले सिधा जोडेकोले प्रदेश १ र गण्डकी प्रदेश घुम्न चाहाने पर्यटकले अब झन्झट व्योहोर्नु नपर्ने मन्त्री लम्सालको भनाई थीयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका