Samacharpati
आइतबार, चैत्र १६, २०७६
  • होमपेज
  • गण्डकी प्रदेश र प्रदेश नं. १ सिधा हवाई मार्ग बाट जोडिए

गण्डकी प्रदेश र प्रदेश नं. १ सिधा हवाई मार्ग बाट जोडिए

पोखरा -विराटनगर जहाज चल्यो

गण्डकी प्रदेश र प्रदेश नं. १ सिधा हवाई मार्ग बाट जोडिए

माधव पराजुली,पोखरा, २० माघ । गण्डकी प्रदेश र प्रदेश नं. १ सिधा हवाई मार्ग बाट जोडिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरा देखि प्रदेश नं. १ को राजधानी विराटनगर सीधा जहाज सञ्चालनमा आएको हो । सोमबार बुद्ध एयर को १८ सिटे नाईन एन् ए ई डब्लु जहाजले विराटनगर बाट पोखरा पहिलो पटक उडान गरेको हो । बुद्ध एयरले हप्ताको ३ दिन सोमवार, बुधवार र शुक्रवार पोखरा—विराटनगर जहाज सेवा सञ्चालन गर्नेछ ।

दुवै प्रदेश पर्यटनको प्रचुर संभावना भएको प्रदेश भएकाले हवाई सेवाको माध्यामबाट पर्यटक अदान प्रदानमा सहयोग पुग्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार र प्रदेश नं. १ सरकारले पोखरा—विराटनगर सिधा हवाई सेवा शुरुवात गर्ने निर्णय गरेको थियो ।

पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेटमा उडान गर्ने समय तालिका तय भएको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो । अहिले हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तयारी गरेका छौँ,उहाँले भन्नुभयो,” माग बढ्दै गएमा ठुलो जहाज र दैनिक उडान गर्ने सोच गराएका छौँ, ।

पोखरा बिराटनगरको हवाई यात्रा १ घण्टाको रहनेछ । उडान शुल्क नेपाली र भारतीलाई ६ हजार २ सय रुपैया र विदेशीलाई १ सय ३० डलर लाग्ने छ । सोमबार पहिलो पटक बिराटनगर बाट पोखरा उडान भरेका पाईल्ट शैलेस राउत र जहाजमा सवार पर्यटकहरुलाई गण्डकी प्रदेश उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको टिम र बुद्ध एयरका कर्मचारीहरुले पोखरा विमानस्थल अवतरण गर्नासाथ खादा,फुल माला र अबिरले सम्मान गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका