Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • तनहुँमा दलित पत्रकारहरु संगठित, नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिती चयन

तनहुँमा दलित पत्रकारहरु संगठित, नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिती चयन

तनहुँमा दलित पत्रकारहरु संगठित, नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिती चयन

दुलेगौडा, १९ माघ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाको पहिलो अधिवेशन तथा जिल्ला भेला सम्पन्न भएको छ । शनिबार ब्यास नगरपालिका १३ आपस्वारा दलित सामुदायिक होमस्टेमा सम्पन्न भएको अधिवेशनले राससका सानेबहादुर नेपाली(एसवि)को अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा भिमाद एफएमका शालिकराम गहतरात, सचिवमा रेडियो नेपालका अशोक विश्वकर्मा, कोषाध्यक्षमा तनहुँ टेलिभिजनकी सविता विश्वकर्मा र सह सचिवमा भिमाद एफएमकी मनिषा कोइराला विक चयन भएका छन् ।

यस्तै सदस्यहरुमा अन्जान परियार, सुरेश सुनार, कोपिला सुनार, शर्मिला विक, प्रकाश विक, अमृत परियार, देव गजमेर र मुना विक रहेका छन् । यस्तै सोही अधिवेशन मार्फत ५ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ । समितिमा विनोदकुमार विक विकास, जनार्दन वियोगी, सन्तोष विक, सम्झना रसाइली र विनोद सेन्चुरी रहेका छन् ।
अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकले दलित समुदायको न्याय हुने गरि संविधान कार्यन्वयन हुन नसकेको बताउनुभयो ।

सांसद विकले दलित समुदायको विकास गर्नुका साथै जातीय रुपमा हुने असमानताको अन्त्य नर्भिक र स्वतन्त्र भएर पत्रकारिता गर्न आग्रह गर्नुभयो । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष विनोद पहाडीले फेरिएको ब्यवस्था अनुरुप दलित समुदायको अवस्थालाई पनि परिवर्तन गर्न दलित पत्रकारहरु एकत्रित बन्नुको विकल्प नभएको बताउनुभयो । संविधानसभा सदस्य समेत रहेका पहाडीले दलित समुदायबाट पत्रकारितामा लागेका युवा पुस्तालाई सिर्जनशिल बनाएर सामाजिक परिवर्तनको संवाहक बनाउन दलित पत्रकारहरुलाई देशब्यापि रुपमा संगठित बनाइएको जानकारी दिनुभयो ।
अधिवेशनलाई ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइली, पालुङटार नगरपालिका गोर्खाकी उपमेयर पम्फा बसेल, नेकपाका केन्द्रिय सदस्य रणेन्द्र बराइली, संघीय समाजबादी पार्टीका केन्द्रिय सदस्य जनार्दन वियोगी, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव भुवन सिं सुनार, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतका बक्ताहरुले दलित समुदायको विकासमा एकताको आवस्यकता रहेकोमा जोड दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका