Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • लाल कार्की अन्जान काे शब्द रचना रहेकाे फेदीखाेला चिनारी गीत ”फेदीखाेला आउनु है सानु” सार्वजनिक

लाल कार्की अन्जान काे शब्द रचना रहेकाे फेदीखाेला चिनारी गीत ”फेदीखाेला आउनु है सानु” सार्वजनिक

सुनिता कार्की, पाेखरा, १९ माघ । फेदीखाेला साहित्य प्रतिष्ठान र सिद्धार्थ वहुमुखी क्याम्पसकाे प्रस्तुतिमा स्याङ्गजा फेदीखाेला काे फेदीखाेला चिनारी गीत सार्वजनिक भएकाे छ ।

आफ्नाे गाउँठाउँमा रहेकाे पर्यटकिय स्थलहरूकाे पर्यटन प्रर्वद्धन गर्ने र आफ्नाे गाउँठाउँ लाई चिनाउने उद्देश्य बाेकेर ”फेदीखाेला आउनु है सानु”  बाेल काे गीत सृजना भएकाे छ ।

गीतमा फेदीखाेलामा रहेकाे पर्यटकिय स्थलहरूलाई समेटेर गीत रचना भएकाे छ । फेदीखाेलाका विभिन्न  गाउँठाउँ पनि गीतमा समेटिएकाे छ ।

यस गीतकाे शब्द रचना फेदीखाेला खड्केटारीका लाल कार्की अन्जानले गर्नुभएकाे छ, भने यस गीतमा सुमधुर आवजका धनि पुरूषाेतम न्याैपाने जुना श्रीष काे स्वर रहेकाे छ ।

लय टेक नारायन चापागाईकाे रहेकाे छ। यस गीतकाे निर्दैशन मनाेज बिक ”भावुक” ले गर्नुभएकाे छ । छायाङकन  शिव भुतेल काे रहेकाे छ ।

काेरीयाेग्राफीमा सबिन गरूङ, माधव गुरूङ रहेका छन् । गीतकाे सम्पादन शिव भुर्तेलले गर्नुभएकाे हाे । श्रृगांरमा  आशिष गुरूङ, अस्मिता सुवेदी रहेका छन् ।

यस गीतकाे  मुख्य अभिनयमा नवराज थापा, आश्मा कार्की, जीवन गुरूङ,निशा गुरूङ, रबिन सुनार, सुनिता पाैड्याल, हिक्मत जङ कार्की, प्रकृति क्षत्री रहेका छन् ।

आफ्नाे ठाउँकाे चिनारीकाे लागि बनेका गीत भएकाेले फेदीखाेला बासीहरूले यस गीत लाई आर्थिक सहयाेग समेत गरेका छन् । गीतमा फेदीखाेले (नेवार, गुरूङ, क्षत्री) बासीहरूलाई पनि समेटिएकाे छ । यस गीतले सम्पुर्ण फेदीखाेलेहरूकाे साथ र माया पाएकाे छ ।

एक प्रतिक्रिया on “लाल कार्की अन्जान काे शब्द रचना रहेकाे फेदीखाेला चिनारी गीत ”फेदीखाेला आउनु है सानु” सार्वजनिक

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका