Samacharpati
आइतबार, चैत्र १६, २०७६
  • होमपेज
  • स्वर्गीय रमिता प्रति भावपूर्ण श्रद्धाञ्जली सहितको ”गजल”

स्वर्गीय रमिता प्रति भावपूर्ण श्रद्धाञ्जली सहितको ”गजल”

स्वर्गीय रमिता प्रति भावपूर्ण श्रद्धाञ्जली सहितको ”गजल”

खड्का महेन्द्र कुमार 

मात्रै तीन दिन बाँचेको भए तिम्रो भई मर्ने थिएँ ।
यदि स्वर्ग हुन्छ भने सिधै स्वर्गमा म त तर्ने थिएँ ।

सङ्गसङ्गै हिड्ने मन थियो जीवनमा हात समाई
तिमीले किनेको सिन्दुरले मेरो सिउदो भर्ने थिएँ ।

कल्पनामा सिमित भए जिन्दगीका चाहाना ती
तिम्रो नाम उज्ज्वल बनाई प्रकाश म छर्ने थिएँ ।

जति दिन जिउन सक्थे तिम्रो सहयात्री भई म
कुनै शङ्का नगरेरै तिम्रो भरमा सधै पर्ने थिएँ ।

न त तिम्रो साथ पाएँ न त साथ दिन सकेँ मैले
यदि म बाँच्न पाएको भए कति माया गर्ने थिएँ ।

(टिप्पर आतङ्क कहिले सम्म……)
अरबको खाडी बाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका