Samacharpati
शुक्रबार, चैत्र २८, २०७६
  • होमपेज
  • गोरखकाली क्रसर उद्योग टिपरकाे ठक्करबाट एक महिलाकाे मृत्यु,आक्रोशित समूहले टिपरमा आगजनि

गोरखकाली क्रसर उद्योग टिपरकाे ठक्करबाट एक महिलाकाे मृत्यु,आक्रोशित समूहले टिपरमा आगजनि

गोरखकाली क्रसर उद्योग टिपरकाे ठक्करबाट एक महिलाकाे मृत्यु,आक्रोशित समूहले टिपरमा आगजनि

गोरखा, १७ माघ । गोरखा नगरपालिका-१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले  स्थानीय एक महिलालाइ ठक्कर दिँदा उक्त महिलाकाे मृत्यु भएको छ । एक विद्यालयमा दूध पुर्‍याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङलाई शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त क्रसर उद्योग अवैध भएको स्थानीयको दाबी छ ।

घटनापछि आक्रोशित समूहले ठक्कर दिने सो टिपरमा आगजनी गरेका छन् । क्रसर उद्योगका अन्य चार-पाँच वटा टिपरमा तोडफोड  समेत गरेका छन् ।

उनीहरुले उक्त क्रसर उद्योग बन्द गराउन र पीडितलाई उचित राहत दिन माग गर्दै शव उठाएका छैनन् ।  स्थानीय प्रशासनले पीडित पक्ष र क्रसर सञ्चालकबीच वार्ताको पहल भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका