Samacharpati
बुधबार, जेष्ठ १४, २०७७
  • होमपेज
  • बेलायतबाट समाजसेवी मन बोकेर नेपालमा आए रबि, कुल मन्दिर निर्माणको लागि लाखाैँ रूपैया सहयोग

बेलायतबाट समाजसेवी मन बोकेर नेपालमा आए रबि, कुल मन्दिर निर्माणको लागि लाखाैँ रूपैया सहयोग

बेलायतबाट समाजसेवी मन बोकेर नेपालमा आए रबि, कुल मन्दिर निर्माणको लागि लाखाैँ रूपैया सहयोग

बैकुण्ठ गिरी, पर्वत, १७ माघ । पर्वत जिल्लाको तिलाहारमा घर भई स्व. चन्द्रजँग लामिछाने र आमा रुकबिना लामिछानेका छोरा हाल युकेमा बसोबास गर्दै आउनु भएका सामाजिक अभियन्ता रबिन्द्रजँग लामिछाने रबिले लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरुको कुल मन्दिर तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर निर्माणको लागि २१ लाख १७ हजार ७२७ रुपैया सहयोग गर्नुभएको छ ।

आज जलजला गाउँपालिकाको वडा नं २ पुर्णगाउँमा अबस्थित लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरुको कुल मन्दिर तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर निर्माण शिलन्यास गर्दै लामिछानेले सहयोग रकम हस्ताण्तरण गर्नुभएको थियो । २०७२ सालमा आएको महाबिनाशकारी भुकम्पको कारण जिर्ण भएको हजारौं लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरु तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर निर्माणको लागि उक्त रकम हस्ताण्तरण गर्नुभएको थियो ।

धौलागिरी क्षेत्र कै सबैभन्दा पुरानो ठानिने अर्थात झण्डै ८०० बर्ष भन्दा पुरानो ईतिहास बोकेको लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरु तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर अब सुन्दर रुपमा निर्माण हुने समाजसेबी लामिछानेले बताउनु भयो । उहाँले बिगतका दिनहरु सम्झदैं आयोजित कार्यक्रममा भन्नु भयो म यस स्थानमा २०४२ सालमा बाबाको साथमा आएको थिए आज आफै यस स्थानमा हाम्रा बाबा स्व. चन्द्रजँग लामिछाने र आमा रुकबिना लामिछानेको आर्सिवादको कारण आएको बताउनु भयो ।

कार्यक्रममा बोल्दा बोल्दै भाबुक देखिनुभएका लामिछानेले मर्यादा पुरुष रामले कुनै बेला लक्ष्मणलाई भनेको कुरा सम्झिदै भन्नुभयो “यो लंका सुनैले बनेको भएपनि मलाई कुनै रुची छैन किनकी मेरा लागि जननी जन्मभुमी भनेको स्वर्ग भन्दा पनि महान छ” उहाँले थप्नु भयो मेरा लागि मेरो कुल, मेरा आफन्त र मेरो देश सबैभन्दा प्रिय छ कामको शिलसिलामा जहाँ भएपनि यो माटोले मलाई सदैभर हिन्दु धर्म र आफ्नो पन दिईरहन्छ । म जहाँ भएपनि मेरो र मुटु नेपालमा नै छ मेरो धर्म नेपाली हो, मेरो कर्म नेपाली हो, मेरो भावना नेपाली हो, मेरो मुल्य र मान्यता नेपाली नै हुन्छ यसकारण आफुले मातृभुमीलाई कहिल्यै नबिर्सने बताउनु भयो ।

जलजला गाउपालिका २ पुर्णगाउँमा निर्माण हुने लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरु तथा कार्की क्षेत्रीहरुको कुल मन्दिरको शिलान्यास प्रमुख अतिथिको रबिन्द्रजँग लामिछाने गर्नुभएको थियो । कार्यक्रममा लामिछाने जिसी गर्ग गोत्रिय र कार्की क्षेत्री समाजका अभियान्ताहरुले रबिको कामलाई उच्च मुल्याङकन गर्दैसम्मान गरेका थिए । बिश्वभरमा हिन्दु मन्दिर तथा नेपाल र बेलायत सरकारको बिचमा पुल जस्तै रहनुभएका लामिछानेले यसभन्दा अगाडी सयौं सामाजीक काममा निरन्तर योगदान गर्नुभएको छ ।

समाजसेवालाई आफ्नो जिम्मेबारीको रुपमा देख्ने सामाजीक अभियान्ता रबिन्द्रजंग लामिछाने रबिले बिगतमा बेलायतको अल्डरसट स्थित शिव मन्दिर भवनका लागि एउटै ढुंगाबाट बनेको सबैभन्दा ठूलो ५०० किलो बराबरको शिव लिङ्ग सहयोग प्रदान गर्नु भएको थियो भने उहाँले नेपालमा ५० असहाय बालबालिकाको बोर्डिङ स्कुलमा पठनपाठन व्यवस्था गरिदिनु भएको छ । मानवीय सहयोगबाहेक कयौं मठमन्दिर बनाउन पनि निकै उच्च स्तरको आर्थिक योगदान छ ।

यस्तै शिलान्यास कार्यक्रममा बोल्दै अर्का अतिथी क्षेत्री समाज नेपालका नेता डा.डिल बहादुर क्षेत्रीले जिसी क्षेत्रीहरुको ईतिहास नेपालमा निकै उच्च रहेको बताउनुभयो । इतिहासका केहि कुराहरु हेर्दा जुम्लाबाट जलजलामा आएर क्षेत्रीहरुले निकै सम्मान गर्न लायक काम गरेको पनि बताउनु भयो ।

सामाजीक अभियान्ता रबिन्द्रजंग लामिछाने रबिलाई देखाउँदै क्षेत्रीले भन्नुभयो उहाँ मेरो भाई धन र मन हुने मानिसहरु कम छन् त्यसमा मेरो भाई धन र मन दुबैले भरिपुर्ण रहेछ भगवान रबिका सबै चाहाना पुरा गरुन भन्दै निकै उच्च स्तरको सम्मान ब्यक्त गर्नुभएको थियो । शिलान्यास कार्यक्रममा अन्य बन्धुबान्धवहरुले पनि मन्दिर निर्माणको लागि सहयोग रकम हस्ताण्तरण गरेका थिए । मन्दिर पुननिर्माण समितिका अध्यक्ष प्रकाश जिसिको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य आर्थिक सँयोजक डम्बरबहादुर जिसि र सञ्चालन सचिव याम बहादुर जिसिले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका