Samacharpati
बिहीबार, फाल्गुन ८, २०७६
  • होमपेज
  • शुक्रबार पोखरामा युवा सम्मेलन हुँने

शुक्रबार पोखरामा युवा सम्मेलन हुँने

शुक्रबार पोखरामा युवा सम्मेलन हुँने

पोखरा, १५ माघ । आउँदो शुक्रबार पोखरामा युवा सम्मेलन हुने भएको छ । युवाहरुलई सकारात्मक तथा नविनतम् ढंगले अगाडि बढ्न मार्गनिर्देश गर्ने उदेश्यले ‘युवा उत्प्रेरणा सम्मेलन’ आयोजना हुन लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको संयोजनमा हुने सो सेमिनारमा करिब ५ सय युवाहरुको सहभागिता रहनेछ ।

युवा उद्यमी तथा युवा व्यवसायी तथा पोखराका विभिन्न कलेजहरुमा स्नातकोत्तर तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता हुनेछ । सेमिनारमा युवा र अर्थशास्त्र विषयमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेल,युवाहरुलाई डिप्रेसनबाट कसरी बाहिर ल्याउने भन्ने विषयमा कञ्चन रावत, सुन्दरताबारे पूर्वमिस नेपाल प्रिति सिटौला,सामािजक अपराधअन्तर्गत एसिड आक्रमणबारे अभियन्ता उज्ज्वल थापाको प्रस्तुति रहनेछ ।

त्यसैगरि सम्मेलनमा नेतृत्व, नविनतम् सोच र व्यवसायबारे हुने छलफलमा पोखरा विश्वविद्यालयक पूर्वडिन प्राध्यापक डाक्टर दीपक भण्डारी,युवा तथा खेलकुद मन्त्रलयका सहसचिव महेन्द्र पौेडेल,युजि केककी प्रमुक कार्यकारी अधिकृत निकिता आचार्य,युवा उद्यमी मञ्च पोखराका अध्यक्ष वैभव पौडेल सामेल हुनेछन् । सो कार्यक्रमको सहजिकरण पूर्वमिस नेपाल माल्भिका सुब्बाले गर्ने पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

कार्यक्रममा सहभागि हुन चाहनहरुले टलिफोन वा संघको सचिवालय गैह्रापाटनमा नाम दर्ता गराउन सक्ने उनले बताए । युवाहरुलाई उद्यमशीलता सिकाउन र राष्ट्र निर्माणमा सामेल गराउन सम्मेलनको आयोजना गरिएको हो । सम्मेलन संघको सचिवालय गैह्रापाटनमा शुक्रबार मध्यान्न सवा १२ बजे सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका