Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • बाघमारामा रहेकाे सरस्वती टीकामा तीन वर्षे सिभिल इन्जिनियरिङका कक्षा सञ्चालन

बाघमारामा रहेकाे सरस्वती टीकामा तीन वर्षे सिभिल इन्जिनियरिङका कक्षा सञ्चालन

बाघमारामा रहेकाे सरस्वती टीकामा तीन वर्षे सिभिल इन्जिनियरिङका कक्षा सञ्चालन

पोखरा, १३ माघ । पोखरा महानगरपालिका वडा नं ३३ बाघमारा स्थित सरस्वती टीका माध्यमिक विद्यालयमा सिटिइभिटि अन्तर्गत तीन वर्षे सिभिल इन्जिनिरिङ डिप्लोमा तहको कक्षा सञ्चालन हुने भएको छ । कक्षा सञ्चालनका लागि सम्बन्ध प्राप्त गरेको विद्यालयले यसको प्रभावकारी सञ्चालनको लक्ष्यका साथ सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।

प्राविधिक शिक्षा बर्तमानको आवश्यकता भएको वास्तविकतामा सम्बन्धन प्राप्त हुनु उपलब्धिपूर्ण भएको बताउँदै कार्यक्रमका बक्ताले यसको प्रभावकारिता र गुणस्तरीयतालाई विशेष ध्यान दिनुपर्ने बताए । नेपाल इन्जिनियरिङ एशोसिएसन गण्डकी प्रदेशका अध्यक्ष बाबुराम भण्डारीले विद्यार्थी तथा अभिभावकलाई गुणस्तरीयताको अनुभूति गराउने गरी विद्यालयले आवश्यक पूर्वाधार तयार गर्नुपर्ने अवश्यकता औंल्याए ।

कक्षा सञ्चालनमा लागि लागत अनुमान सहित आवश्यक दक्ष शिक्षक, प्रयोगशाला आदिको योजना तयार गर्न उनले सुझाव दिए ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले प्राविधिक शिक्षा बर्तमानको आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थी तथा अभिभावकलाई विद्यालयमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने अनुभूति गर्ने वातावरण तयार गर्न सुझाव दिए ।

पोखरा महानरपालिकाको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले प्राविधिक कक्षा सञ्चालनका लागि सम्बन्धन पाएकोमा विद्यालयलाई बधाई तथा शुभकामना दिदै यो कार्यक्रमलाई प्रभाबकारी बनाउने गरी लाग्न विद्यालयलाई आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले प्राविधिक शिक्षा प्रतिको विद्यार्थी तथा अभिभावकको चासोलाई दृष्टिगत गरी विद्यालयले सिटिइभिटिबाट तीन वर्षे सिभिल इन्जिनियरिङ डिप्लोमा कक्षा सञ्चालनका लागि सम्बन्धन लिएको स्पष्ट पार्नुभयो ।

शिक्षा अभिभावक संघका अध्यक्ष गणेशप्रसाद ढकालले कक्षा सञ्चालनका लागि भैरहेका तयारी लगायतका विषयमा जानकारी गराए । प्रधानाध्यापक नन्दलाल काफ्लेले सम्बन्ध प्राप्त भइसकेको कारण आँफूहरू कक्षा सञ्चालनको तयारीमा जुटेको र आगामी भदौदेखि कक्षा सञ्चालन हुने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका