Samacharpati
बुधबार, चैत्र १९, २०७६
  • होमपेज
  • गोरखामा व्यवसायिक कफी उत्पादन तालिम

गोरखामा व्यवसायिक कफी उत्पादन तालिम

गोरखामा व्यवसायिक कफी उत्पादन तालिम

गोरखा, १२ माघ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराको आयोजना तथा गोरखा नगरपालीकाको समन्वयमा गोरखा नगरपालीका वडा नं. ४, फिनाममा १ दिने व्यवसायिक कफी उत्पादन प्रविधि तालिम सम्पन्न भएको छ । कार्यक्रम गोरखा नगरपालीका वडा ४ का अध्यक्ष श्री खोप बहादुर अधिकारीको अध्यक्षतामा र गोरखा नगरपालीकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा वडा सदस्यहरु गणेश बहादुर थापा र जमिल मिया तथा वडा सचिव नारायणबावु भट्ट साथै पत्रकार मोहसिन अलि मिया अतिथी रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै मेयर राजनराज पन्तले गोरखा नेपालको ऐतिहासिक ठाँउ भएको र यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो भएकाले पर्यटकहरुलाई गोरखाकै कफी खुवाउन सक्ने संभावना रहेकाले किसानहरुलाई कफी खेति गर्न प्रोत्साहन गर्नुभएको थियो । कफी खेति सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता पाउने आशा व्यक्त गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष तथा वडा नं। ४ का वडा अध्यक्ष श्री खोप बहादुर अधिकारीले कफी खेतिको लागि किसानहरुलाई हरदम सहयोग गर्न तत्पर रहेको बताउनु भयो, साथै किसानहरुले प्राविधिक विषयको ज्ञान राखी कफी खेति गर्न सझाव दिनुभएको थियो ।

बोर्ड कृषि प्राविधिक नगेन्द्र सुवेदीले कफीको लागि उपयुक्त हावापानी, माटो, कफी रोपण, कफीलाई छहारी व्यवस्थापन, कफी बगैचा व्यवस्थापन लगायत विविध विषयहरुमा तालिम प्रदान गर्नुभएको थियो । तालिममा गोरखा जिल्लाका विभिन्न स्थानबाट झन्डै ४५ जना किसानहरुको सहभागिता रहेको थियो । १ दिने तालिमको सञ्चालन बोर्डका प्राविधिक नगेन्द्र सुवेदीले गर्नुभएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका