Samacharpati
आइतबार, चैत्र १६, २०७६
  • होमपेज
  • नहरमा खसेर १८ जनाको मृत्यु ,नहर मान्छेमार्ने धराप भयो : सभापति कोइराला

नहरमा खसेर १८ जनाको मृत्यु ,नहर मान्छेमार्ने धराप भयो : सभापति कोइराला

नहरमा खसेर १८ जनाको मृत्यु ,नहर मान्छेमार्ने धराप भयो : सभापति कोइराला

पाेखरा, १२ माघ । गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा र लेखनाथ क्षेत्रमा रहेको नहर मान्छेमार्ने धराप जस्तो भएको बताउनु भएको छ । प्रदेश सभा पाँचौ अधिवेशनको छैटौ बैठकको विशेष समयमा बोल्दै सभापति कोइरालाले २०७४ असोज देखि २०७६ पौष सम्म नहरमा परेर १८ जनाको मृत्यु भएको बताउनु भयो ।

२ बर्षको बच्चादेखि ८० बर्ष सम्म ज्येष्ठ नागरिक नहरमा परेर ज्यान गुमाउनु परेको भन्दै कोइरालाले नहरलाई ब्यबस्थापन गर्न सभामुख मार्फत प्रदेश सरकारलाई महानगर संग सहकार्य गरेर समाधान गर्न आग्रह गर्नुभयो । अधिकास ठाउँमा नहर खुल्ला भएकोले नहर मान्छेमार्ने धराप भयो कोइरालाले भन्नुभयो ।

कोइरालाले पोखरा २७ खरानेमा रहेको नहरमा परेर २ बर्षका बालक प्रेम शर्मा,पोखरा १४मझेरीपाटनको नहरमा परेर २ बर्षिय सुहानी परियार, पोखरा २६ सेती नहमा परेर घैटोखोरका ४ बर्षिय बालक अन्जित गुरुङ, पोखरा ५ प्रस्याङमा ४ बर्षिय सृजना सुवेदीको मालेपाटनमा रहेको नहरमा खसेर मत्यु भएको बताउनु भयो ।

कोइरालाले १० महिना अगाडी पोखरा १२ सेती नहरमा परेर संगित कर्मी श्रीमान थुलुङराईलाई गुमाउनु परेको स्मरण गराउनु भयो । कोइरालाले विकास गर्नुपर्छ तर त्यही विकास मान्छे मार्ने हुनुहुदैन भन्नु भयो ।

कोइरालाले मोटर साइकलमा हिड्दै गर्दा विजुली तार चुडिएर शिक्षक विष्णु बस्ताकोटीले ज्यान गुमाउनु परेको भन्दै विकास ब्यबस्थित र जोखिम कम हुनेगरि गराउनु पर्ने बताउनु भयो ।

जन्मेपछि मत्यु अबश्यक हुन्छ तर मानबले निर्माण गरेका विकासको कमजोरीको कारण अकालमा ज्यान जानु दुखद भएको भन्दै विकास गर्दा मानवीय सुरक्षा मुख्य प्राथामिकतामा राख्नु पर्ने बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका