Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • अर्जुन रेड्डीको नेपाली रिमेक निर्देशन गर्दै बिशाल सापकोटा, ‘जि’ २१ फिल्म्ससँग सहकार्य

अर्जुन रेड्डीको नेपाली रिमेक निर्देशन गर्दै बिशाल सापकोटा, ‘जि’ २१ फिल्म्ससँग सहकार्य

अर्जुन रेड्डीको नेपाली रिमेक निर्देशन गर्दै बिशाल सापकोटा, ‘जि’ २१ फिल्म्ससँग सहकार्य

काठमान्डाैँ, १२ माघ । तेलुगु सफल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने खबरले चलचित्र बजारमा एक खालको तरङ्ग फैलिएको छ । चलचित्रको मुख्य पात्रका लागी विभिन्न कलाकारहरूको नाम मिडियामा आइरहेको छ । तर यसबारे कुनै पुष्ट खबर भने आएको छैन । यता कलाकारको चर्चा भईरहदा निर्माण पक्षले भने निर्देशकको नाम सार्वजनिक गरेको छ ।

‘अर्जुन रेड्डी’को नेपाली रिमेकलाई निर्देशन गर्ने छन् विशाल सापकोटाले । सापकोटा निर्देशित चलचित्र ”सेल्फी किङ” प्रदर्शनको सँघारमा रहेको छ । यसका साथै चलचित्र निर्माणमा ”युवा फिल्म्सुसँग” जी २१ फिल्म्सुले पनि सहकार्य गर्ने भएको छ । जी २१ फिल्म्सु जस्तो अनुभवी र सफल निर्माण कम्पनीसँग जोडिएर काम गर्न पाउँदा आफूहरू थप उत्साहित भएको ”युवा फिल्म्सुका केशव खड्का र आशिष श्रेष्ठले जानकारी गराए ।

यस अघि ”जी २१ फिल्म्सुले निर्माण गरेको चलचित्र ”दुई रुपैयाँ” निकै सफल भएको थियो । यता ‘जि २१ फिल्म्सुको तर्फबाट आसिफ शाहले ”अर्जुन रेड्डी”को नेपाली रिमेक बन्नु नेपाली चलचित्रको लागी नै एउटा नयाँ प्रयोग भएकोले पनि आफुहरु चलचित्र निर्माणमा सहभागी भएको बताए ।

चलचित्रको लागी यति बेलासम्म निर्देशक मात्र फाइनल गरिएको छ । मुख्य कलाकार लगायत अन्य कलाकार अडिसनबाट छानिने युवा फिल्म्सले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका