Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • पोखराको केबलकार यस्तो बन्यो, बैशाखमा चढ्न पाइने, एकै ठाउँबाट ताल र हिमाल देख्न सकिने

पोखराको केबलकार यस्तो बन्यो, बैशाखमा चढ्न पाइने, एकै ठाउँबाट ताल र हिमाल देख्न सकिने

पाेखरा, ११ माघ । यो पोखराको सेदी देखि सराङकोट सम्म बन्दै गरेको अन्नपुर्ण केवलकार संचालनका लागि आवश्यक सबै सामाग्री आईसकेको ले आगामी बैशाखबाट केवलकार संचालन गर्ने आफुहरुको प्रयास रहेको संचालक मध्येका एक तिर्थराम त्रिपाठीले बताउनुभयो । केवलकार संचालन गर्न अब लठ्ठो राख्ने बाहेक अन्य सामान्य काम मात्र बाँकी रहेको छ ।

पोखराको पर्यटकिय फेवा ताल र सराङकोटलाई जोड्ने गरि निर्माण भईरहेको केवलकार २ हजार २ सय ७५ मिटर लम्बाई रहने छ । यसमा १८ वटा गोण्डला अर्थात डिब्बाहरु रहनेछन् । प्रत्येक डिब्बामा ८ जनासम्मको सिट क्षमता हुने निर्देशक त्रिपाठीको भनाई रहेको छ । अब छिटोभन्दा छिटो आफुहरुले केबलकार संचालनको तयारी गरिरहेको त्रिपाठीले बताउनुभयो ।

केवलकारको सराङकोट स्थित स्टेशनमा बेलुन रेष्टुरेण्ट, भ्यु टावर निर्माण भईरहेको छ । सेदी स्टेशमा भने गार्डेन सहित पार्कीङ लगायतका संरचना निर्माण भईसकेका छन् । सेदी बाट सराङकोट जोड्न केवलकारका १३ वटा पोलहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका