Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • एबिसि र टी बर्गर फाईनलमा भिड्ने

एबिसि र टी बर्गर फाईनलमा भिड्ने

एबिसि र टी बर्गर फाईनलमा भिड्ने

पोखरा, १० माघ । बगर भाईखलकको आयोजनामा भएको तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाईनलमा एबिसि भेट्रान र टि बर्गर ललितपुर भिड्ने भएका छन् । बगर १ टुडिखेलमा शुक्रबार भएको सेमिफाईनलको यात्रा पार गर्दै दुवै टिम फाईनलका लागि भिड्ने भएका हुन् ।

शुक्रबार भएको सेमिफाईनलको पहिलो खेल एबिसि भेट्रानले एक्स पोखरालाई टाईब्रेकरमा ३–१ को गोलले पाखा लगाएको हो । निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको हो । एबिसिको तर्फबाट विश्वलाल श्रेष्ठ, संजय गुरुङ र विजय गुरुङले गोल गरेका थिए । एक्स पोखराबाट राजेन्द्र तामाङले गोल गरेका थिएभने सुरज मल्लले गोल गर्न नसकेपछि पराजित बेहोर्नुपरेको हो ।
त्यस्तै सेमिफाईनलको दोश्रो खेलमा टी बर्गर ललितपुरले मिया सान मिया फुटबल क्लबलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । टी बर्गरका लागि टियाराम भुजेल, सन्तोष बस्नेत, सुक्र तामाङ र राजकुमार केसीले १÷१ गोल गरे । मिया सान मियाका लागि नविन न्यौपानेले सान्त्वना १ गोल गरे ।

‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने मूल नारालाई आत्मसात विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहको भेट्रान फुटवल प्रतियोगीता आयोजना हुँदै आएको छ । प्रतियोगितामा विभिन्न ९ जिल्ला र भारत कलकत्ताका गरि २८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा उपाधी विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् ।

त्यसै गरी सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद रु. १० हजार प्रोत्साहन स्वरुप प्रदान गर्ने संस्थाले जनाएको छ । त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड हुने खेलाडीलाई ट्रफी सहित जनही नगद रु. ५ हजार प्रदान गरिदेछ साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद रु. १० हजार दिइने छ । त्यस्तै अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याच लाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

फाईनल खेलको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गर्ने आयोजकले जानकारी दिएको छ ।
शुक्रबारनै भएको प्रिक्वाटर फाईनलको पहिलो खेल एक्स पोखरा भेट्रानले भनिमण्डल ललितपुरलाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले जित हासिल गरेको थियो । निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन सकेको थिएन । एक्स पोखराको तर्फबाट राजेन्द्र तामाङ, सुरज मल्ल ठकुरी र जमनसिंह दुराले गोल गर्न सफल भएका थिएभने भनिमण्डलबाट सरोजकुमार थापा र तेज बहादुर गलामी मगरले गोल गरेका थिए । त्यस्तै एबिसि भेट्रान र बगरभाईखलक बिचको खेलमा पनि गोल रहित हुँदा टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा एबिसिले बगर भईखलकलाई ४–३ ले पाखा लगाएको थियो ।

एबिसिकोतर्फबाट मनकाजी गुरुङ, संजय गुरुङ, विश्वलाल श्रेष्ठ र विजय गुरुङले गोल गरेका थिएभने भाईखलकको तर्फबाट इश्वर गुरुङ, मनोज गुरुङ र मनोज थापाले गोल गरेका थिए । प्रिक्वाटरको तेश्रो खेलमा टी बर्गर ललितपुरले चितवन भेट्रानलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । टी वर्गरका लागि नरेन्द्र लिम्बु, शुक्र तामाङ र टियाराम भुजेलले १÷१ गोल गरे । चितवनबाट रविन्द्र श्रेष्ठले २ गोल गरे । अर्को खेलमा मिया सान मिया फुटबल क्लबका धनवीर चौधरीले ४५ मिनेटमा नाईट किङ सानो गौचरनको गोल पोष्टमा गरेको उत्कृष्ट गोलले मिया सान मियालाई सेमिफाईनलमा पुराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका