Samacharpati
बुधबार, जेष्ठ १४, २०७७
  • होमपेज
  • आफन्त र साथीभाईलाई आफ्नाे विवाहकाे निमन्त्रणा बाड्न हिडेकि रमिता पुगिन मृत्युकाे मुखमा

आफन्त र साथीभाईलाई आफ्नाे विवाहकाे निमन्त्रणा बाड्न हिडेकि रमिता पुगिन मृत्युकाे मुखमा

आफन्त र साथीभाईलाई आफ्नाे विवाहकाे निमन्त्रणा बाड्न हिडेकि रमिता पुगिन मृत्युकाे मुखमा

कञ्चनपुर, १० पुस । कञ्चनपुरमा टिप्परको ठक्करबाट मृत्यु भएकी युवतीको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बैतडीको गुरुखोला घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १६ गोवरीया बस्दै आएकी २० बर्षीय रमिता भट्टको मृत्यु भएको हो। उनको बिहीबार अपरान्ह टिप्परको ठक्करबाट घटना स्थलमै मृत्यु’ भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। जिल्लाको महेन्द्रनगर चम्मनचोकमा भएको उक्त घटनामा से१क ८८७ नम्बरको टिप्परले साइकलमा गइरहेकी भट्टलाई ठक्कर दिएको थियो।

घटना लगत्तै चालक फरार भएका छन्। घटनापछि महेन्द्रनगर अहिले तनावग्रस्त भएको छ। भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो बर्षमा अध्ययनरत थिइन् । डेढ बर्ष अघि उनले प्रकाश टेरसंग भागि विवाह गरेकी थिइन् ।प्रकास टेरका भाई महेश टेरले भागेर विवाह भएको बताएका छन ।

‘डेढ बर्ष अघि दाजु प्रकाश संग रमिताको भागेर विवाह भएको थियो’ ‘उनले भने ‘साँस्कृतिक परम्परा अनुसार विवाह भएको थिएन, यही १३ माघमा विवाह हुन लागेको थियो ।’ रमिताको विवाहका लागि केटा र केटीपक्षबीच तयारी भइरहेको थियो । नजिकका आफन्त र साथीभाईलाई निमन्त्रणा दिन उनी गोबरैया डेराबाट साईकल चढेर बजार निस्किएकी थिइन् ।

source:esidhakura

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका