Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • कारको ट्रायल दिदा ३०० को सट्टा अब २४ रुपैयाँ मात्र, नयाँ गाडीको प्रयोग हुने

कारको ट्रायल दिदा ३०० को सट्टा अब २४ रुपैयाँ मात्र, नयाँ गाडीको प्रयोग हुने

कारको ट्रायल दिदा ३०० को सट्टा अब २४ रुपैयाँ मात्र, नयाँ गाडीको प्रयोग हुने

पोखरा, ९ माघ । सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिदा तिर्नु पर्ने शुल्कमा भारी छुट हुने भएको छ । यस अगाडि ट्रायल दिन कार प्रयोग गरेबापत ३०० सय रुपैयाँ शुल्क तिनुपर्ने बाध्यता थियो । अबदेखि २४ रुपैयाँ मात्रै शुल्क तिरेर ट्रायलका लागि कार प्रयोग गर्न सकिने भएको छ ।

यातायात व्यवस्था कार्यालय गण्डकी र सनराइज ड्राइभिङ स्कुल अन्तर्गतको कुसुम सप्लायर्सको सहकार्यमा उक्त रकममा छुट प्रदान गर्न लागिएको हो । माघ १५ गतेबाट लागु हुने गरी सम्झौता भएको सनराइज ड्राइभिङका अध्यक्ष वसन्त भट्टचनले जानकारी दिए ।
चारपाङग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला ३ सय रुपैयाँ तिर्नुपर्नेमा २४ रुपैयाँ मात्र शुल्क लिन सुरु भएपछि ट्रायल दिने सर्वसाधरणलाई धेरै राहत हुने भट्टचन बताउँछन् । ट्रायल दिने क्रममा बसका लागि ७ सय रुपैयाँ लिने गरिएकोमा १ सय ८९ रुपैयाँ, मिनीबसका लागि पहिला ६ सय रुपैयाँ लिने गरिएको अब १ सय २४ रुपैयाँ र ट्याक्टरका लागि ५ सय रुपैयाँ लिने गरिएकोमा अब ८९ रुपैयाँ शुल्क लाग्नेछ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र र सनराइज ड्राइभिङ अन्तर्गतको कुसुम सप्लायर्सबीच गत पुस २३ गते सम्झौता भएको हो । नयाँ शुल्कमा ट्रायलमा उपलब्ध हुने गाडीहरु नयाँ विशेषतासहितका हुने बताइएको छ । यस अगाडि पुराना मोडलका गाडीहरुबाट ट्रायल दिनुपर्ने बाध्यता अब हट्नेछ । युरो मापदण्डका २०१९ मोडलका गाडीहरु ट्रायलमा राखिनेछ ।

पावर स्टेरिङ, एसि, पावर विन्डोज, एबिएस एण्ड इबिडी सिस्टम, एयर व्याग, ८ सय सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १ सय ८५ सिसी, व्याक सेन्सर लगायतका विशेषता भएका गाडीहरु ट्रायलमा राखिनेछ बताइएको छ । यातायात व्यवस्था कार्यालय सवारीका निमित्त कार्यालय प्रमुख हरिप्रसाद गौतमले शुल्क घट्दा उपभोक्तालाई राहत हुने बताउँछन् । ‘पहिला पुराना मोडलका गाडी थिए । अब नयाँ गाडीबाट ट्रायल दिन पाइनेछ,’ उनले भने, ‘उपभोक्तालाई धेरै राहत हुनेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका