Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • पोखरामा २ बालक यस्तो अवस्थामा भेटिए, गरियो उद्धार ! चल्यो रुवाबासी ! कारण यस्तो छ

पोखरामा २ बालक यस्तो अवस्थामा भेटिए, गरियो उद्धार ! चल्यो रुवाबासी ! कारण यस्तो छ

पोखरा, ९ पुस । पोखरा महानगरपालिका सामाजिक विकास शाखाको अगुवाई, श्रम कार्यालय पोखरा र उद्योग वाणिज्य संघ र प्रहरीको एक टोलीले २ बालकलाई उद्धार गरेको छ । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबसपार्कबाट २ श्रमिक बालकलाई बुधबार उद्धार गरीएको हो ।

नयाँबसपार्क स्थित मेघनाथ रिमालले संचालन गर्दै आएको होटल डाँफे मुनाल एण्ड रेष्टुरेण्टबाट १२ वर्षिय अभिषेक लामा र सुक देवी ढकालको घरबाट१३ वर्षिय बालक सोयल क्षेत्रीलाई उद्धार गरेको महानगरपालिकाका विष्णु माया पौडेलले जानकारी दिनुभएकाे थियाे ।

उद्धार गरिएका गुल्मि तम्घासका सोयल विगत ६ वर्ष देखि ढकालको घरमा बस्दै आएका थिए भने सिन्धुलीका अभिषेक लामा विगत एक वर्षदेखि सो होटलमा बस्दै आएको बुझिएको छ ।

कास्की जिल्लामा मात्रै ३६८ जना बालबालिका घरेलु श्रमीक रुपमा रहेको अनुमान गरिएको छ । १४ देखि १६ वर्ष मूनिका ८० प्रतिशत बालश्रमिक पोखरामा रहेको बताएको छ भने १४ मुनिका २० प्रतिशत छन् भने कास्कीमा २ प्रतिशत बाहिर जिल्लाबाट ६८ प्रतिशत र भरतबाट ३० प्रतिशत बालबालिका श्रमिकको रुपमा आउँने गरेको तथ्याक प्रस्तुत गरिएको थियो ।

त्यसमध्ये पुरुष ६९ प्रतिशत र महिला ३१ प्रतिशत छन् भने घरेलु कामदारको रुपमा ९५ प्रतिशत बालश्रमिक वा घरेलु श्रमिक भएको पाईएको छ ।

पोखराभित्र कार्यरत श्रमिक बालबालिकाहरुको तथ्याकं प्रस्तुतिमा १४ वर्ष मुनिका बालबालिकालाई श्रमिक रुपमा लगाईनु हुँदैन र लगाईएमा ३ महिना कैद तथा १० हजार जरिवाना हुने कानुन भएतापनि बालबालिकाको अवस्था अझै कहानी लाग्दो भएको देखाएको छ । पोखरा महानगरपालिकाले बालश्रम मुक्त महानगर बनाउने अभियान संचालन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका