Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • वलराम स्मृति वाङ्मय पुरस्कारबाट त्रिपाठी र अधिकारी पुरस्कृत

वलराम स्मृति वाङ्मय पुरस्कारबाट त्रिपाठी र अधिकारी पुरस्कृत

वलराम स्मृति वाङ्मय पुरस्कारबाट त्रिपाठी र अधिकारी पुरस्कृत

पोखरा, ८ माघ । वलराम स्मृति वाङ्मय प्रतिष्ठान भरतपुर चितवनले यस वर्षको वलराम स्मृति वाङ्मय पुरस्कार महाकाव्यकार जनार्दनशरण त्रिपाठी र समालोचक डा.वावुराम अधिकारीलाई प्रदान गरेको छ ।

प्रतिष्ठानले पोखरामा बुधबार एक कार्यक्रमको आयोजना गरी महाकाव्यकार त्रिपाठी र समालोचक अधिकारीलाईलाई पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि स्या·जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी र वलराम स्मृति वाङ्मय प्रतिष्ठानका अध्यक्ष पूर्णप्रसाद अधिकारीले संयुक्त रुपमा त्रिपाठी र अधिकारकीलाई नगद ११ हजार १ सय ११ सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

चार दशक देखि नेपाली साहित्यमा कलम चलाएका त्रिपाठीले हाम्रो भन्नु, नेपाली वन्य सम्पदा, नेपाल श्री, समझदारी गन्तव्य जस्ता काव्य प्रकाशन गरेका छन् ।

दुई दशक देखि क्रियाशिल डा. अधिकारीले समालोचना सिद्धान्त र नेपाली समालोचना, अलिमियाका गितमा सामाजिक चेतना, आदर्श राघव तत्सव शव्दार्थकोष, साहित्यको समाजशास्त्र र मुनामदनमा यसको प्रयोग, रुपाकोट अधिकारी वंशावली र कवि धमदत्त अधिकारी, कस्केली नारी स्रष्टा र स्वर, गित गजल सिद्धान्त र संगिनी गित लगायतका पुस्तक प्रकाशित गरेका छन् ।

प्रतिष्ठानका अध्यक्ष अधिकारीले आफ्ना वावुको नाममा ५ लाखको अक्षयकोष स्थापना गरेर प्रतिष्ठानले प्रत्यक वर्ष सम्वन्धित जिल्लामा नै पुगेर यसरी स्रष्टा सम्मान गर्दै आएको छ । वुधवार स्वर्गीय वलराम अधिकारीको जन्मदिन पारेर त्रिपाठी र अधिकारीलाई पुरस्कृति गरिएको हो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व त्रिपाठी र डा. अधिकारीले पुरस्कारलले आफूलाई थप जिम्वेवारी वनाएको बताएका थिए ।

कार्यक्रममा प्रा.डा दिलबहादुर क्षेत्री, प्रा.डा.रामचन्द्र पोख्रेल, पुरस्कार छनौट समितिका संयोजक प्रा.कपिल अज्ञात कवि शिव त्रिपाठी, महाकाव्यकार शंकर त्रिपाठी ‘छन्दमणि’ले बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका