Samacharpati
शुक्रबार, चैत्र २८, २०७६
  • होमपेज
  • स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पतालकाे निरीक्षण

स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पतालकाे निरीक्षण

स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पतालकाे निरीक्षण

अमरगढी, ७ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको आज निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा उहाँले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी लिनुभएको अस्पतालका प्रमुख मेडिकल अधिकृत डा जगदिशचन्द्र विष्टले जानकारी दिनुभयो ।

मन्त्री ढकालले अस्पताललाई आगामी दिनका कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा सर्वपक्षीय छलफल समेत गर्नुभएको थियो ।

उहाँले बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेस्वर स्वास्थ्यचौकी खोड्पेको नवनिर्मित भवन उद्घाटन तथा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गर्नुहुने कार्यक्रम रहेको सांसद दामोदर भण्डारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका