Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले पेश गर्नुभएको विधेयक राष्ट्रियसभाले पारित

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले पेश गर्नुभएको विधेयक राष्ट्रियसभाले पारित

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले पेश गर्नुभएको विधेयक राष्ट्रियसभाले पारित
काठमाडौँ, ६ माघ । राष्ट्रियसभाले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो ।
बैठकले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ ।
बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा खतिवडाले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ १४ गते अपराह्न १ बजे बस्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका