Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता

स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता

स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता
पोखरा, ५ माघ । गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत २१ गते मञ्चको तेस्रो स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता गर्ने भएको छ । मञ्चको पोखरामा सम्पन्न बैठकले कविता प्रतियोगितासहित साहित्यिक प्रशिक्षण कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने निर्णय गरेको मञ्चका अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो ।
बैठकले कविता प्रतियोगिता सम्पन्न गर्न कवि चन्द्र गुरुङको संयोजकत्वमा मञ्चका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ र मञ्चकी अध्यक्ष तमू रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ । मञ्चका सल्लाहकार योगेश गुरुङद्वारा स्थापित अक्षयकोषबाट पुरस्कार वितरण गर्ने गरी यस वर्षदेखि मञ्चले कविता प्रतियोगिता आयोजना गर्न लागेको र प्रतियोगितामा भाग लिनेले इन्टरनेटको माध्यमबाट आफूले रचना गरेको कविता आयोजकलाई पठाउन सकिने जनाइएको छ ।
तमू कविहरूले मात्र भाग लिन पाउने उक्त प्रतियोगिताका लागि प्राप्त कवितामध्येबाट प्रथम, द्वितीय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु तीन हजार प्रदान गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका